News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई उत्तर कोरियामा ड्रोन पठाएको आरोपमा ३० वर्षको जेल सजाय सुनाएको छ ।
- अदालतले सोही घटनामा पूर्व रक्षा मन्त्री किम योङ-ह्युनलाई ३० वर्ष र सैन्य गुप्तचर निकायका पूर्व प्रमुखलाई १५ वर्षको सजाय तोकेको छ ।
- पूर्व राष्ट्रपति युनले यसअघि नै असफल सैन्य कानुन लागू गरेर विद्रोह गरेको अभियोगमा जन्मकैदको सजाय पाइसकेका छन् ।
२९ जेठ, काठमाडौं । दक्षिण कोरियाको एउटा अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई उत्तर कोरियामा ड्रोन पठाएको आरोपमा ३० वर्षको जेल सजाय सुनाएको छ।
सरकारी वकिलहरूले युनले सन् २०२४ को अक्टोबरमा प्योङयाङलाई उक्साउन र त्यसै वर्षको अन्त्यतिर आफूले चाल्न लागेको सैन्य कानुन (मार्शल ल) को असफल कदमका लागि बहाना बनाउन सो सैन्य अपरेसनको आदेश दिएको जिकिर गरेका थिए।
जब युनले डिसेम्बर ३ मा सैन्य कानुनको घोषणा गरे, तब उनले उत्तर कोरियाप्रति सहानुभूति राख्ने ‘राज्य-विरोधी’ शक्तिहरूबाट देशलाई जोगाउन यसो गरेको दाबी गरेका थिए।
तर, उनी देशभित्रको राजनीतिक संकट र आफ्ना व्यक्तिगत समस्याहरूका कारण प्रेरित भएको कुरा चाँडै पता लाग्यो । त्यसपछि देशव्यापी चर्किएको जनविरोधका कारण उनले सो आदेश फिर्ता लिएका थिए।
युनमाथि महाभियोग लगाइयो । र, आफ्नो असफल सैन्य कानुनको प्रयास मार्फत विद्रोह गरेको अभियोगमा जन्मकैदको सजाय पाएपछि उनी अहिले जेलमा छन्।
शुक्रबार सियोल जिल्ला अदालतले युनका साथै उनका पूर्व रक्षा मन्त्री किम योङ-ह्युन, डिफेन्स काउन्टरइन्टेलिजेन्स कमान्डका पूर्व प्रमुख यो इन-ह्युङ र ड्रोन अपरेसन कमान्डका पूर्व प्रमुख किम योङ-दाईलाई देशद्रोह र सत्ताको दुरुपयोगमा दोषी ठहर गरेको छ।
अदालतले पूर्व रक्षा मन्त्री किमलाई ३० वर्ष र यो इन-ह्युङलाई १५ वर्षको जेल सजाय सुनाएको छ भने किम योङ-दाईलाई पाँच वर्षको निलम्बित सजायसहित तीन वर्षको जेल सजाय दिएको छ।
अदालतले भन्यो, ‘प्रतिवादीहरूले संकटकालीन अवस्था सिर्जना गर्ने उद्देश्यले उत्तर कोरियालाई उक्साउनका लागि एउटा सैन्य अपरेसनको बहाना बनाएका थिए।’
अदालतका अनुसार, तीनै जना अधिकारीहरूले ‘उत्तर कोरियालाई उक्साएका’ थिए । जसले गर्दा ‘सैन्य द्वन्द्वको जोखिम बढेको’ थियो । तर, यस घटनामा सबैभन्दा ‘ठूलो जिम्मेवारी’ युनकै भएको निष्कर्ष निकाल्यो।
युनका वकिलहरूले भने उनको यो कदम उत्तर कोरियाको ‘फोहोरमैलायुक्त बेलुनहरूको उक्साहट’ विरुद्ध गरिएको एउटा ‘वैधानिक’ प्रतिक्रिया भएको तर्क गरेका थिए।
यो सन् २०२४ मा उत्तर कोरियाले दक्षिणको सीमापारि खसालेका सयौँ बेलुनहरूको सन्दर्भ थियो । जसमा पछि ‘फोहोरमैला र कसिङ्गर’ भेटिएको थियो।
यी दुई देशले कोरियाली युद्धदेखि नै यस्ता ‘प्रोपोगान्डा बेलुनहरू’ आफ्नो प्रचार अभियानका लागि प्रयोग गर्दै आएका छन् । जसमा विभिन्न किसिमका सन्देशहरू राखिएका हुन्छन्।
तर, सन् २०२४ मा उत्तर कोरियाले दक्षिण कोरियामाथि आफ्नो राजधानीमा ड्रोन उडाएको आरोप लगाएपछि तनाव निकै बढेको थियो। ती ड्रोनहरूले प्योङयाङभरि प्रचारप्रसारका पर्चाहरू छरेका थिए । जसलाई उत्तर कोरियाले युद्ध निम्त्याउन सक्ने उक्साहटको रूपमा वर्णन गरेको थियो।
शुक्रबारको फैसला सुनाउँदै न्यायाधीशले उत्तर कोरियाले जवाफी आक्रमण गरोस् भन्ने अपेक्षाका साथ उत्तरतर्फ यी ड्रोनहरू पठाउने व्यक्ति युन नै भएको बताए।
विद्रोहबाहेक, युनलाई सत्ताको दुरुपयोग गरेको र आफ्नो गिरफ्तारीमा बाधा पुर्याएको आरोपमा अन्य पाँच वर्षको जेल सजाय पनि सुनाइएको छ।
युनको सैन्य कानुन लगाउने प्रयास र त्यसपछि भएका विरोध प्रदर्शनहरूले देशमा महिनौँसम्म अराजकता सिर्जना गर्यो। यो संकटको अन्त्य एउटा चुनावबाट भयो । जसमा विपक्षी डेमोक्रेटिक पार्टीका ली जे-म्युङले स्पष्ट बहुमतका साथ जित हासिल गरे। (बीबीसीबाट)
प्रतिक्रिया 4