News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको हितका लागि उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने गरी लिइने ऋणबाट नआत्तिन आग्रह गरेका छन् ।
- प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उनले नेपालको ऋण जिडिपीको सापेक्षित रूपमा ४३ प्रतिशत हाराहारी पुगेको बताए ।
- उनले आगामी आर्थिक वर्षका लागि ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहितको बजेट प्रस्तुत गरिएको समेत उल्लेख गरे ।
२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋणबाट नआत्तिन आग्रह गरेका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले ऋणका सन्दर्भमा कुन देशको अवस्था कस्तो छ भनेर पनि केलाए । यसक्रममा अमेरिका र जापानको उदाहरण दिए ।
अर्थमन्त्री वाग्लेले भनेका छन्, ‘ऋणै नलिने भन्ने भएन । तर ऋण जिडपीको सापेक्षामा अर्थात् अर्थतन्त्रको आकारको सापेक्षतामा एउटा वान्छित सीमाभित्र राख्नुपर्छ ।’
लिएको ऋणले ऋण तिर्न सक्ने सामथ्र्य बढ्दै जानुपर्ने उनले बताए । उनका अनुसार ऋण लिएर उत्पादनमुलक क्षेत्रमा लगाउन सकियो भने जिडिपीको आकार बढ्छ ।
नयाँ बजेटले सोचेको जस्तो आर्थिक बृद्धि हुन सक्यो भने सकारात्मक प्रतिफल प्राप्त हुने उनले बताए । अर्थमन्त्री वाग्लेले ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्यसहित आगामी आर्थिक बर्षको बजेट ल्याएका छन् ।
आफूले कहिले पनि निरपेक्षतामा ऋणको विरोध नगरेको पनि उनले बताए ।
यहाँनेर उनले विकसित मुलुकका उदाहरण दिएका हुन् । जापान जस्तो देशको रेसियो दुई प्रतिशत, अमेरिकाको रेसियो एक सय प्रतिशतमाथि रहेको उनले सुनाए ।
नेपालमा २०७२ सालमा २५ प्रतिशत रहेकोमा हाल ४३ प्रतिशत वरिपरी पुगेको उनले बताए ।
प्रतिक्रिया 4