News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी सीमा पार गरी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन् ।
- सरकारका प्रवक्ता सस्मित पोखरेलले सुस्ताको भूमि रक्षा गर्ने स्थानीय नागरिकको प्रशंसा गर्नुभएको छ ।
- प्रवक्ता पोखरेलले यस घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताउनुभयो ।
२९ जेठ, काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी (एसएसबी)हरू छिरेपछिको विषयमा सरकारले आवश्यक कदम चाल्ने बताएको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् ।
‘सुस्तामा बस्नु भएको नागरिकले भूमिलाई रक्षा गरेर बस्नु भएको छ । उहाँहरूलाई नमन गर्नुपर्छ,’ उनले भने, ‘यससम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने छ ।’
आज सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि विवाद भएको थियो ।सीमाना पार गरेर नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयहरूले त्यसको प्रतिकार गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4