+
+
Shares

यस्तो बन्यो रास्वपा कोशी प्रदेश समिति

रास्वपाको कोशी अधिवेशनले नयाँ समिति गठन गरेको छ । चन्द्र राईको नेतृत्वमा नयाँ समिति बनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश समिति चन्द्र राईको नेतृत्वमा गठन भएको छ ।
  • समितिको उपसभापतिमा होमराज दाहाल, महामन्त्रीमा निरज कटुवाल र सहमहामन्त्रीमा सुरेन्द्र कार्की तथा मञ्जरी घिमिरे निर्वाचित भएका छन् ।
  • विधान अनुसार ६१ सदस्यीय प्रदेश समिति रहने व्यवस्था भए पनि हालसम्म पूर्ण समिति गठन हुन सकेको छैन ।

२९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी अधिवेशनले नयाँ समिति गठन गरेको छ । चन्द्र राईको नेतृत्वमा नयाँ समिति बनेको छ ।

सभापति र प्रदेश सभापति बिहीबार चयन गरेको अधिवेशनले दोस्रो चरणको मतदान मार्फत पदाधिकारीहरू निर्वाचित भएका छन् ।

उपसभापतिमा होमराज दाहाल (राजन) निर्वाचित भएका छन् । महामन्त्रीमा निरज कटुवाल, सहमहामन्त्रीमा सुरेन्द्र कार्की र मञ्जरी घिमिरे निर्वाचित भए । कोषाध्यक्ष र प्रवक्ता प्रदेश सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

खुला र समावेशीतर्फ सदस्य हुनेहरूमा ईश्वर तामाङ, निष्मा कोइराला, राधिका कार्की, विन्दु सिटौला ‘लक्की’, गोमादेवी कटुवाल, निसार मिया, एमिलिया कार्की, सम्पतलाल राई, भगवती रोका कार्की, प्रमोद रोका कार्की, प्रमोदकुमार मण्डल, दलित सदस्यतर्फ सम्झना खाती र जुनाल गदाल चयन भए । अपाङ्गता सदस्यमा प्रेमराज तुम्बाहाम्फे निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा क्षेत्रबाट प्रदेश सदस्यमा निर्वाचित हुनेहरूमा लक्ष्मण अधिकारी, सुरेन्द्रप्रसाद जैसवाल, नवराज अधिकारी,गणेश आचार्य, युवराज खतिवडा, केदारनाथ आचार्य, नेत्रप्रसाद शिवाकोटी, सम्झना पण्डित,यादवकुमार प्रधान, श्रीकृष्ण प्रसाई, सरिता कार्की लामा, निरज कटुवाल, कुन्दन कौसिक र डिल्लि अधिकारी चयन भएका छन् । इलाम– २ र झापा–३ बाट प्रदेश समिति सदस्यका लागि उम्मेदवारी परेन ।

रास्वपाको विधान अनुसार कोशी प्रदेश समिति ६१ सदस्यीय हुने व्यवस्था छ । अधिवेशनबाट पूर्ण समिति भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?