२९ जेठ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू इजरायलको प्रधानमन्त्री रहेसम्म इरानसँग परमाणु हतियार नहुने दाबी गरेका छन् । शुक्रबार एक्समा अभिव्यक्ति दिँदै नेतन्याहुले यस्तो दाबी गरेका हुन् ।
‘यो मुद्दामा मेरो र डोनाल्ड ट्रम्पबीच पूरा सहमति छ,’ नेतन्याहुले भनेका छन्, ‘पछिल्लो ३० वर्षभन्दा बढी समयदेखि इरानको परमाणु कार्यक्रमको विरुद्धमा अन्तर्राष्ट्रिय अभियानमा सबैभन्दा अगाडिको पङ्तिमा म खडा रहँदैआएको छु ।’
यदि आफ्नो अभियान नरहेको भए इरानले धेरै पहिला नै इजरायललाई नष्ट गर्नका लागि परमाणु बम प्राप्त गरिसकेको हुने उनले दाबी गरेका छन् । ‘इरान यहुदी राज्यलाई नष्ट गर्ने कोसिस गरिरहेको छ । र, म यसलाई रोक्नका लागि आफ्नो जीवन समर्पित गरिरहेको छु,’ नेतन्याहुले अगाडि भनेका छन्,‘जबसम्म म इजरायलको प्रधानमन्त्री छु, यस्तो हुन दिने छैन ।’
प्रतिक्रिया 4