+
+
Shares

इप्पानमा डाँगीको अध्यक्षतामा नयाँ नेतृत्व, कोषाध्यक्षबाहेक पदमा सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते ७:१२

३० जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ ।

नेतृत्व चयनका क्रममा अधिकांश पदमा सहमति जुटेपछि कोषाध्यक्षबाहेक सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन् ।

इपानको विद्यमान विधानअनुसार नयाँ कार्यसमितिको अध्यक्षमा मोहनकुमार डाँगी स्वतः चयन भएका छन् ।

नेतृत्व चयनअघि भएको आन्तरिक छलफल र आपसी समझदारीपछि वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा सर्वसम्मत निर्वाचित भए । उक्त पदका अर्का प्रत्याशी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएर लामालाई समर्थन गरेपछि सहमतिको वातावरण बनेको थियो ।

उपाध्यक्ष पदमा पनि सहमति जुटेको छ । भरतबहादुर खत्री र भरतप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएपछि उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, नरेन्द्र बल्लभ पन्त र विक्रम विष्ट निर्विरोध चयन भएका छन् ।

यसैगरी महासचिवमा टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत चयन भएका छन् । महासचिव पदका उम्मेदवार प्रकाशचन्द्र दुलालले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएका हुन् ।

सचिव पदमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, सुमनकुमारी जोशी, ईशा श्रेष्ठ र विजयमोहन भट्टराई चयन भएका छन् भने कृष्णप्रसाद घिमिरे र दीपक पौडेललाई सचिव पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

सबै पदमा सहमति जुटे पनि कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । उक्त पदका लागि शंकर बस्याल र मिथुन पौडेल प्रतिस्पर्धामा उत्रिएका थिए । मतदान प्रक्रियाकै क्रममा पौडेल मतदानस्थल छोडेर बाहिरिएका थिए ।

खसेको मत परिणामअनुसार बस्यालले २६७ मत प्राप्त गरी निर्वाचित हुँदा पौडेलले ८२ मत प्राप्त गरेका थिए ।

कार्यसमिति सदस्यमा जगतबहादुर पोखरेल, अनुप आचार्य, कदम केसी, वर्णन लामिछाने, नारायण कँडेल, मिलन खड्का र जगदीश शिवाकोटी सर्वसम्मत चयन भएका छन् ।

सदस्य पदका उम्मेदवार इन्दिरा पन्त, सोमनाथ कँडेल र बाबुराम थापाले उम्मेदवारी फिर्ता लिएपछि सहमतिको आधारमा नेतृत्व चयन भएको हो ।

महिला सदस्य पदमा चार जनाको उम्मेदवारी परे पनि सिर्जना खड्काले उम्मेदवारी फिर्ता लिएपछि ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ प्रस्तावित विधानअनुसार सोमनाथ कँडेल, इन्दिरा पन्त र बाबुराम थापालाई कार्यसमितिमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

इपानले बाहिर चर्चा भएजस्तो संस्थाभित्र उग्र विवाद नरहेको स्पष्ट पार्दै आन्तरिक लोकतान्त्रिक अभ्यास, आपसी संवाद र सहमतिका आधारमा सक्षम तथा सन्तुलित कार्यसमिति गठन भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?