+
+
Shares

रास्वपा गण्डकी प्रदेश सभापतिमा त्रिपाठी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते ८:०२

३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् ।

त्रिपाठीले अन्य तीन जना उम्मेदवारलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । यसअघि उनी प्रदेशको महामन्त्री थिए ।

उनीसँगै  यसअघि प्रदेश सभापति एवंम सांसद रहेका राजन गौतम, माधव कँडेल र हरिबहादुर कार्कीले प्रतिस्पर्धा गरेका थिए । त्रिपाठीले २३४ मत ल्याएर विजयी हुँदा गौतमले  १८२ मत पाए । अर्का उम्मेदवार माधव कँडेलले ११ पाए भने  हरिबहादुर कार्कीले जम्मा २ मत मात्रै ल्याए ।

रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा राम गुरुङले जानकारी दिए । अधिवेशनमा कूल ७८० प्रतिनिधी रहे पनि ४३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए ।

रास्वपा गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकांक्षीमध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेद्वार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका १/१ जना निर्वाचित हुन्छन् ।

समावेशी प्रदेश सदस्यका लागि २३ जनाको उम्मेद्वारी परेको थियो । प्रदेश सदस्यका लागि ५१ आकांक्षीमध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ–१ का मीना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएको जनाइएको छ । अधिवेशनको शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?