+
+
Shares

लुम्बिनीको नेतृत्व सर्वसम्मत चयन गर्न रास्वपाको पहल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते १०:४९

३० जेठ, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बताएका छन् ।

उनले शनिबार प्रदेश अधिवेशन अगाडि नेतृत्व चयनका लागि सहमतिमा नेतृत्व चयनको प्रयास गर्ने बताएका हुन् ।

‘लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि मैले सर्वसम्मतका सबै विकल्प खुला राखेको कुरा सबै लाई सर्वविदितै छ’, सभापति पाठकले फेसबुकमा लेखेका छन् ।

उनले सर्वसहमतिमा नेतृत्व चयन हुन नसके आफूले सभापतिका लागि  उम्मेदवारी नदिने पनि घोषणा गरेका छन् ।

‘सक्दो प्रयासका बाबजुत सर्वसम्मत हुन नसकेको अवस्थामा प्रदेश सभापतिमा मेरो उम्मेदवारी नरहने कुरा सबैलाई जानकारी गराउँदछु’, सभापति पाठकले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?