३० जेठ, काठमाडौं । काठमाडौंमा लैंगिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ गरेका छन् । शनिबार रत्नपार्कबाट सुरु भएर सुन्धारा, धरहरा क्षेत्र घुम्दै लैंगिक अल्पसंख्यक समुदायले प्राइड परेड गरेका हुन् ।
त्यसपछि खुलामञ्चमा सांगितिक कार्यक्रम पनि गरेका छन् ।
नेपालका तेस्रोलिंगी समुदायले गरेको प्राइड परेडमा केही विदेशबाट आएका उक्त समुदायका व्यक्तिहरू पनि सहभागी थिए ।
विश्वभरका लैंगिक अल्पसंख्यक (एलजीबीटीक्यू) समुदायले हरेक वर्ष जुन महिनामा प्राइड परेड निकाल्ने गर्छन् । जसमा उनीहरूले व्यंग्यात्मक शैलीमा आफ्नो हकअधिकारका लागि आवाज उठाउँछन् ।

प्राइड परेड लैंगिक अल्पसंख्यक समुदायले आफ्नो अधिकार, समानता, पहिचान र सम्मानका लागि निकालिने सार्वजनिक र्याली वा उत्सव मानिन्छ ।
यसको मुख्य उद्देश्य आफ्नो समुदायका व्यक्तिमाथि हुने भेदभावविरुद्ध आवाज उठाउनु, समान अधिकार र सामाजिक स्वीकृतिको माग गर्नु, समुदायको पहिचान र उपलब्धिको उत्सव मनाउनु, विविधता र समावेशिताबारे जनचेतना फैलाउनु रहन्छ ।
प्राइड परेडमा सहभागीहरूले प्राय: रंगीचंगी प्रकारका इन्द्रेणी झण्डा बोकेर र्याली निकाल्ने, सांस्कृतिक कार्यक्रम गर्ने, भाषण दिने तथा विभिन्न सिर्जनात्मक गतिविधि गर्ने गर्छन् ।
यो परम्परा सन् १९६९ मा स्टोनवाल राइट्सपछि सुरु भएको मानिन्छ । अहिले अहिले विश्वका धेरै देश र सहरहरूमा प्राइड परेड आयोजना गरिन्छ ।




तस्वीरहरू : आर्यन धिमान /अनलाइनखबर
प्रतिक्रिया 4