News Summary
Generated by OK AI. Editorially reviewed.- कोकाकोला नेपालका व्यवसायिक दूत अभिनेता प्रदीप खड्का र अभिनेत्री दिब्या रायमाझी विश्वकप फुटबल प्रवर्धनका लागि क्यानडा पुगेका छन् ।
- क्यानडा र बोस्निया हर्जगोभिनाबीचको उद्घाटन खेलमा उनीहरूले नेपालको राष्ट्रिय झन्डा फहराए ।
- हाल संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले विश्वकप फुटबल आयोजना गरिरहेका छन् ।
काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री दिब्या रायमाझी अहिले विश्वकप फुटबल प्रवर्धनको लागि क्यानडामा छन् । कोकाकोला नेपालका व्यवसायिक दूत रहेका उनीहरू त्यहाँ पुगेका हुन् ।
क्यानडाका विभिन्न सहरमा आयोजना भैरहेका विश्वकप खेलमा दर्शकको रुपमा उनीहरू सहभागी छन् । सह-आयोजक राष्ट्र क्यानडा र बोस्निया हर्जगोभिनाबीचको उद्घाटन खेलमा प्रदीप र दिब्याले नेपालको राष्ट्रिय झन्डा फहराए ।
यी दुईजना कलाकारले सामाजिक सञ्जालबाट विश्वकप क्षणका तस्वीर र रिल्स सेयर गरेका छन् । ‘ऐरी’ छायांकन सकिएपछि प्रदीप लगातार विदेश दौहाडामा छन् ।
कान्स फिल्म फेस्टिभलपछि उनी क्यानडा उडेका हुन् । दिब्या पनि केही कथानक र विज्ञापन फिल्ममा ब्यस्त छिन् । यी दुईजनाले एक्टर टेक वनमा सहकार्य गरेका थिए ।
अहिले संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले विश्वकप फुटबल आयोजना गरिरहेका छन् ।
प्रतिक्रिया 4