News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले वर्तमान नेतृत्वका कारण पार्टी इतिहासकै कमजोर मोडमा पुगेको आरोप लगाए ।
- बस्नेतले पार्टीका स्थापित नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा नियतवश अवरोध सिर्जना गरिएको दाबी गरे ।
- उनले पार्टीलाई कमजोर बनाउने खेलको मुख्य खलनायक गगन थापा भएको आरोप लगाए ।
३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्याएकाे आरोप लगाएका छन् । विराटनगरमा कांग्रेस इतर पक्षकाे भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।
पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर आक्रोशित
बनेका बस्नेतले नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको बताए ।
बीपी पुत्रहरू शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्रनिधि जस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना गरिएको उनकाे भनाइ छ ।
‘बीपी पुत्रदेखि ६०–६५ वर्ष पार्टीमा लगानी गरेका सिनियर नेताहरूको सदस्यता रद्द हुने, तर नयाँका नाममा २४ सै घण्टा बिना कुनै डाटा मान्छे भर्ने काम भइरहेको छ,’ बस्नेतले भने, ‘यो कांग्रेस सिध्याउने षड्यन्त्र हो ।’
उनले अगाडि भने, ‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो । त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन् । अब उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?’
बस्नेतले पार्टीलाई जोगाउन र सुदृढ बनाउन सबै नेता–कार्यकर्ता एकढिक्का भएरलाग्न आह्वान गरे ।
प्रतिक्रिया 4