+
+
Shares

एउटै विधेयकबाट २० वटा ऐन संशोधन गरिँदै

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विभिन्न २० वटा ऐन संशोधन गर्ने गरी केही नेपाल ऐन संशोधन विधेयक तयार पारेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले एउटै विधेयकमार्फत २० वटा ऐन संशोधन गर्नका लागि 'केही नेपाल ऐन संशोधन विधेयक' को मस्यौदा तयार पारेको छ ।
  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको यस विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय समेत माग गरिएको छ ।
  • मन्त्रिपरिषद् र संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि संशोधित नयाँ व्यवस्था ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।

३१ जेठ, काठमाडौं । सरकारले एउटै विधेयकमार्फत २० वटा ऐन संशोधन गर्न लागेको छ । यसका निम्ति केही नेपाल ऐन संशोधन विधेयकको मस्यौदा तयार पारिएको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विभिन्न २० वटा ऐन संशोधन गर्ने गरी केही नेपाल ऐन संशोधन विधेयक तयार पारेको हो ।

जनतासँग राय मािगएको यो विधेयकमा कर्मचारी सञ्चय कोष ऐन, जग्गा नाप जाँच ऐन, भूमि ऐन, शिक्षा ऐन, मालपोत ऐनमा संशोधन गर्ने विषय समावेश छ ।

प्रावधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन, नागरिक लगानी कोष ऐन, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, निजामती सेवा ऐन, विश्वविद्यालय अनुदान आयोग ऐन, स्वास्थ्य सेवा ऐन, वैदेशिक रोजगार ऐन, संघीय संसद् सचिवालय सम्बन्धी ऐन पनि यही विधेयकमार्फत संशोधन गरिँदैछ ।

वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपया तथा मेलमिलाप आयोग ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, भूउपयोग ऐन, वन ऐन, बीमा ऐन र विधायन पनि संशोधन गरिँदैछ ।

एउटै विधेयकमार्फत २० वटा ऐनमा रहेका प्रावधानहरू एकै पटक संशोधन गर्ने गरी विधेयकको मस्यौदा तयार भएको हो ।

यो विधेयक अर्थ मन्त्रालयबाट स्वीकृत भएर मन्त्रिपरिषद्‌मा जान्छ । मन्त्रिपरिषद्ले संसद्‌मा पेश गर्न स्वीकृति दिएपछि सम्बन्धित मन्त्रालयले संसद्‌मा पेश गर्छ ।

संसद्ले पारित गरेर राष्ट्रपतिकहाँ पठाउँछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संशोधित व्यवस्था ऐनमा रुपान्तरित भएर कार्यान्वयनमा आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?