News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा परित्याग गरेका डा. धवल शमशेर राणाले बालेन शाह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेको टिप्पणी गरेका छन् ।
- राणाले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र स्थापनाको विकल्पसहित नयाँ पार्टी खोल्न लागेको दाबी गरे ।
- मलमास परेकाले नयाँ पार्टीको नाम र झण्डा केही समयपछि सार्वजनिक गरी स्थानीय तह निर्वाचनमा भाग लिने उनले बताए ।
३१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले वर्तमान सरकारको आयुलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गरेका छन् ।
बालेन शाह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठlरहेको उनको जिकिर थियो ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता राणाले सरकारले समय दिन नपुग्दै गल्ती गरेकाले सरकारको नयाँ विकल्पको रुपमा आफूहरूले नयाँ पार्टी खोल्न लागेको दाबी समेत गरे ।
नयाँ पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र मुलुकलाई हिन्दु राष्ट्र कायम गराउने गरी वर्तमान सरकारको विकल्प दिने उनले बताए ।
नेता राणाले मलमास परेकाले नयाँ पार्टीको नाम, झण्डासहितको कार्यक्रम केही पछि मात्रै सार्वजनिक गर्ने निर्णय गरिएको बताए ।
उनले भने, ‘यो बालेन सरकार पनि के होला, कसो होला ? भन्ने यो सय दिन नपुग्दै तमाम प्रश्न चिह्नहरू उठिसके । तमाम गल्तीहरू गरिसके । यो बालेन सरकार देशमा असफल भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछन् । त्यो विकल्प भनेको एमाले, कांग्रेस, माओवादी र राप्रपा पनि होइन । त्यो विकल्प भनेको राजासहितको प्रजातन्त्र बोक्ने पार्टी, हिन्दुराष्ट्र ल्याउने पार्टीं त्यो विकल्प हुनेछ । त्यो विकल्प हाम्रो पार्टीले दिनेछ । हाम्रो नयाँ बन्ने पार्टीले दिनेछ ।’
नेता राणाले नयाँ पार्टीले आगामी स्थानीय तहमा भाग लिने घोषणा पनि गरे ।
प्रतिक्रिया 4