काठमाडौँ । ललित विष्टको दोस्रो कथा सङ्ग्रह ‘उत्कर्ष’ सार्वजनिक भएको छ । किताबलाई फोनिक्स बुक्सले प्रकाशन गरेको हो ।
सङ्ग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा रहेका छन् । यथार्थ र कल्पनाको धमिलो सिमानालाई भत्काएर पाठकलाई नयाँ स्वाद र चेतनाको संसारमा लैजाने कथाहरू यसमा समावेश रहेका छन् ।
परम्परागत लेखनको शैलीभन्दा पृथक् लेख्न रुचाउने विष्टले यस सङ्ग्रहमा मानवीय अवचेतनका गहिराइका साथ जीवनका विसङ्गत पक्षहरूलाई बिम्ब र काव्यात्मक भाषामा उतारेका छन् । कथाहरूले पाठकलाई विस्मय र अस्तित्वको निर्मम सत्यसँग आमनेसामने गराउँछन् ।
विष्टको पहिलो कथासङ्ग्रह ‘मोहपथ’ मदन पुरस्कार- २०७६ को श्रेष्ठ सूचीमा पर्नुका साथै ‘कर्णाली साहित्य समाज कृति पुरस्कार- २०७६ बाट सम्मानित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4