+
+
Shares

झापामा बाढीले अलपत्र परेका ७ जनाको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते ६:०५

१ असार, काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिकामा वर्षापछि आएको आकस्मिक बाढीका कारण खोला किनारमा अलपत्र परेका सात जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार बुद्धशान्ति गाउँपालिका–७ स्थित गौडाखोलामा शनिबार बेलुका पौडी खेल्न गएका सात जना एक्कासी आएको बाढीका कारण किनारमा फसेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डै एक घण्टाको प्रयासपछि उनीहरूको उद्धार गरेको हो ।

सशस्त्र प्रहरीले रोप रेस्क्यु (डोरीमार्फत उद्धार) विधि प्रयोग गरी सबैलाई सुरक्षित रूपमा बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार गरिएकाहरूमा भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय महेश हलुवाई, २४ वर्षीय रोहित साह, २३ वर्षीय भुपाल ठाकुर, २३ वर्षीय पिन्टु बर्मन, २८ वर्षीया एजिना न्यौपाने, २३ वर्षीया अनिषा न्यौपाने र ३६ वर्षीय राजु पाठक रहेका छन् ।

उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?