+
+
Shares

गैंडाकोट खानेपानीको निर्वाचनमा रास्वपालाई हराउँदै कांग्रेस-एमाले गठवन्धन विजयी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते ८:२८

३१ जेठ, चितवन । ६ हजार ८ सयभन्दा बढी घरधुरीलाई खानेपानी उपलब्ध गराउँदै आएको गैंडाकोट पम्पिङ स्कीम तथा खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा रास्वपालाई हराउँदै नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धन विजयी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्यानल नै बनाएर निर्वाचनमा होमिएका ज्ञानेन्द्र  सापकोटाको प्यानललाई कांग्रेस एमाले गठवन्धनका अध्यक्ष उम्मेदवार विपिनभक्त अधिकारीले पराजित गरेका हुन् । अधिकारीले प्यालनसहित नै जित निकाले । अधिकारी गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीका छोरा हुन् ।

निर्वाचन समितिका संयोजक जनक ढुङ्गानाका अनुसार अधिकारीले १७२० मत ल्याउँदा रास्वपाका ज्ञानेन्द्र सापकोटाले ७२० मात्रै ल्याए । उपाध्यक्षमा कांग्रेस एमाले गठबन्धनका कृष्णप्रसाद काफ्ले, सचिवमा दामोदर तिवारी, कोषाध्यक्षमा श्रीराम सुवेदी, सहसचिवमा रुद्रबहादुर थापा र लेखा संयोजकमा भोजेन्द्र पौडेल विजयी भए ।

वि.सं. २०५१ सालमा स्थापना भएको यो संस्थालाई वि.सं. २०६३ सालमा संघीय खानेपानी विभागले औपचारिक रूपमा उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो।

भूमिगत पानी तानेर गैँडाकोटका घरधुरीमा २४ सै घण्टा शुद्ध खानेपानी पुर्‍याउँदै आएको यो संस्था नगरकै सबैभन्दा ठूलो खानेपानी वितरण गर्ने संस्था हो ।

संस्थाले हाल गैँडाकोट नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९ का करिब ६ हजार ८ सय घरधुरीलाई शुद्ध पिउने पानी वितरण गर्दै आइरहेको छ । संस्थासँग हाल करिब १३ करोड रुपैयाँ बैंक मौज्दात समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?