१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारका लागि ५ करोड रुपौंया विनियोजन गरेको छ । अर्थमन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै सङ्घीय सरकारसँगको सहकार्यमा विमानस्थल विस्तार गरिने बताए ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत सुर्खेत विमानस्थल विस्तारको योजना अगाडि सारेको थियो । हरेक वर्ष दीर्घकालीन आवश्यकता सम्बोधन गर्न प्रादेशिक विमानस्थल निर्माणको लागि सङ्घीय सरकारसँग आवश्यक पहल गरिने योजना अघि सारिन्छ । तर, सुर्खेत विमानस्थल विस्तारको योजना अहिलेसम्म अघि बढ्न सकेको छैन ।
बजेट भाषण गर्दै अर्थमन्त्री शाहले सुर्खेत विमानस्थलदेखि कर्णालीका अन्य जिल्लाहरूमा आन्तरिक उडान गर्ने कार्यक्रम समेत घोषणा गरेका छन् ।
‘सङ्घीय सरकारको समन्वयमा प्रदेशका अन्य जिल्लाहरूमा नियमित हवाई उडान सेवा सुधार गरिने छ । त्यसका लागी आवश्यक बजेटको व्यवस्था गरेको छु’, अर्थमन्त्री शाहले भने ।
सुर्खेत विमानस्थल विस्तारका लागी सङ्घीय सरकारले पनि बजेटमा समावेश गरेको छ । तर, बजेट अङ्क भने बजेट भासमा अर्थमन्त्री स्वर्णिम वाग्लेले खुलाएका थिएनन् ।
प्रतिक्रिया 4