+
+
Shares

रुपन्देही अदालतले पनि फिर्ता गर्‍यो रवि र जीबीलगायत विरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा

जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति रवि लामिछाने लगायतमाथि चितवन जिल्ला अदालतमा चलेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते २१:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ ।
  • न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राख्दै अन्य दुई अभियोग फिर्ता लिने आदेश गरेको हो ।
  • यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि सहकारी ठगीबाहेकका अन्य अभियोगहरू फिर्ता लिइसकेका छन् ।

१ असार, काठमाडौं । जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति रवि लामिछाने लगायतमाथि रुपन्देही जिल्ला अदालतमा चलेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ ।

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश गरेको हो ।

रुपन्देही जिल्ला अदालतको आदेशसँगै रवि लामिछानेलगायतका आरपितहरूले पीडितहरूको फसेको रकम फिर्ताको सुनिश्चितता गरी मुद्दामा मिलापत्र गर्ने बाटो खुलेको छ ।

रविसँगै यो मुद्दामा मुछिएका जीबी राई, कुमार रम्तेललगायत विरुद्ध चलेका सहकारी ठगी बाहेकका अरु अभियोग फिर्ता भएका छन् ।

यसअघि जिल्ला अदालत कास्की र पर्साले पनि सहकारी ठगीबाहेकका अभियोग फिर्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?