+
+
Shares
खनाल-वाङ यी भेटवार्ता :

नेपालमा चलिरहेका परियोजना शीघ्र कार्यान्वयन गर्ने चीनको प्रतिबद्धता

सोमबार बेइजिङ भ्रमणमा रहेका नेपालका पराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ समकक्षी विदेश मन्त्री वाङ यीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते २२:५७

१ असार, बेइजिङ । चीनले आफ्नो सहयोगमा नेपालमा चलिरहेका कार्यक्रम र परियोजनाको शीघ्र कार्यान्वयनमा सहमति जनाएको छ । सोमबार बेइजिङ भ्रमणमा रहेका नेपालका पराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ समकक्षी विदेश मन्त्री वाङ यीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भेटमा चिनियाँ पक्षले विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाहरूलाई शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।

यस्तै, पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल भएको छ ।

यस्तै चीनले नेपाल सरकारले अघि सारेका सुशासन र आर्थिक वृद्धिका प्राथमिकतामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ ।

नेपाली टोलीले एक चीन नीति प्रति आफ्नो प्रतिबद्धता जनाउँदै नेपाली भूमिलाई चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?