+
+
Shares

रास्वपा सुदूरपश्चिमको सभापति चयन गर्न रातभर मतदान, मतगणना आजै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते ६:५१

२ असार, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको नयाँ नेतृत्व चयनका लागि सोमबार राति ९ बजेदेखि सुरू भएको मतदान जारी छ ।

सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयन गर्न सुरू भएको मतदान अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार मतदान सकिए लगत्तै मंगलबार नै मतगणना गर्ने तयारी भइरहेको छ ।

सभापतिमा निवर्तमान सभापति इन्जिनियर प्रकाश विष्ट र प्रतिनिधि सभा सदस्य जनक सिंह धामीले उम्मेदवारी दिएका छन् ।

कुल खसेको मतको ५१ प्रतिशत कटाउने उम्मेदवार विजयी हुनेछ  ।

सभापति, भूगोल, समावेशी र खुला सदस्यको मतगणना सकेपछि मंगलबार नै दोस्रो चरणको मतदान गर्ने तयारी समेत थालिएको छ ।

पहिलो चरणमै सभापति निर्वाचित भएमा दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री (२) पदका लागि निर्वाचन हुनेछ । कार्य समिति सदस्य पदको निर्वाचन पनि दोस्रो चरणमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?