+
+
Shares

रास्वपा सुदूरपश्चिम सभापतिको आक्रोश- सांसदले पार्टीभित्र गुट उपगुट बनाए

‘माननीयको जिम्मेवारी पूरा गर्न सकेको छैन, अर्को पद चाहिसक्यो,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १६:५१

१ असार, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्टले सांसदहरूले पार्टीभित्र गुटउपगुट चलाएको भन्दै आक्रोश पोखेका छन् । सोमबार प्रदेश महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पार्टीको राजनीति गर्ने भए सांसद पदबाट राजीनामा दिएर आउन चेतावनी दिए ।

‘तपाईँहरूले माननीय ज्यु के गर्न पठाउनुभएको हो ? पार्टीभित्र राजनीति गर्न पठाउनुभएको हो कि विकास गर्न पठाउनुभएको हो ?,’ विष्टले भने, ‘यदि माननीय ज्युलाई राजनीति गर्नु छ भने पद त्यागेर आऊ मसँग लड्नका लागि ।’

सांसदको जिम्मेवारी पूरा गर्न नसकिरहेकाले पार्टीभित्र पद खोजिरहेको उनले टिप्पणी गरे । ‘माननीयको जिम्मेवारी पूरा गर्न सकेको छैन, अर्को पद चाहिसक्यो,’ उनले भने ।

यो निर्णय गर्ने जिम्मा नेताकार्यकर्ताको हातमा आएको उनले बताए ।

‘तपाईँहरूले निर्णय गर्नुपर्छ, माननीयलाई माननीयको मात्रै काम गर्न दिने हो कि, जनताका गुनासामा काम गर्न दिने हो कि, विधि र नीति निर्माण गर्न दिने हो कि, या हामीसँग आएर गुटउपगुट बनाएर हामीलाई परास्त गर्ने हो ?’ उनले प्रश्न गरे ।

नभए सांसद पदबाट राजीनामा दिएर आउन र त्यो ठाउँमा आफू लडेर नियम कानुन बनाउन जाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?