+
+
Shares

कोशीमा सक्षम छोरी कार्यक्रम, ७ करोड बजेट

सोमबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले सक्षम छोरी कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सक्षम छोरी कार्यक्रमका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
  • यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा अध्ययनरत २ लाख ७५ हजार छात्रा लाभान्वित हुने कोशी प्रदेश सरकारको अपेक्षा छ ।
  • सरकारले १०० वटा सामुदायिक विद्यालयमा डिजिटल बोर्ड राख्न १० करोड र शिक्षा तथा खेलकुदका लागि ३ अर्ब १० करोड बजेट विनियोजन गरेको छ ।

१ असार, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सक्षम छोरी कार्यक्रम चलाउने भएको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गरी सरकारले सो कार्यक्रम घोषणा गरेका हो ।

सोमबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले सक्षम छोरी कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरेका हुन् ।

यो कार्यक्रमबाट २ लाख ७५ हजार छात्रा लाभान्वित हुने सरकारको अपेक्षा छ ।

प्रदेश सरकारले १०० वडा सामुदायिक विद्यालयमा डिजिटल बोर्ड राख्नका लागि १० करोड बजेट विनियोजन गरेको छ ।

शिक्षा र खेलकुदका लागि सरकारले ३ अर्ब १० करोड बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?