३ असार, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान भएको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले आज सार्वजनिक सूचना जारी गरी योग्यता पुगेका इच्छुक उम्मेदवारलाई दरखास्त दिन भनेको हो ।
दरखास्त दिने म्याद आजदेखि १० दिनसम्म छ ।
अध्यादेशबाट विश्वविद्यालयका तत्कालीन उपकुलपति पदमुक्त भएपछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाइएको हो ।
यसअघि १९ जेठमा बसेको केयूको सभाले शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सर्च कमिटी गठन गरेको थियो । कमिटीमा केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4