+
+
Shares

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८३ असार ३ गते १९:१७

३ असार, स्याङ्जा । आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार  रैतेका ३९ वर्षीय थमबहादुर सार्कीले बुधबार मृत्यु भएको हो ।

उनले दिउँसो आफू सुत्ने कोठामा आफैं आगो लगाएको प्रहरीले जनाएको छ । उक्त आगोमा उनी गम्भीर रूपमा जलेका थिए ।

घटनामा सार्कीको अनुहारलगायत शरीरका विभिन्न भाग जलेको थियो । त्यहाँबाट उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार पठाइएको थियो ।

त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?