News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै सरकारसँग जवाफ मागेका छन् ।
- संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकदारलाई खुट्टा भाँच्ने धम्की दिने र कर्मचारीहरुलाई आतंकित बनाउने काम भइरहेको आरोप पनि उनीहरुले लगाए ।
- सांसदहरूले यस्ता गतिविधि बन्द गर्न र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
४ असार, काठमाडौं । विपक्षी दलहरुले आज पनि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै जवाफ मागेका छन् । साथै संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकदारलाई खुट्टा भाँच्ने धम्की दिने र कर्मचारीहरुलाई आतंकित बनाउने काम भइरहेको भन्दै उनीहरुले त्यस्ता गतिविधि बन्द गर्न पनि माग गरेका छन् ।
नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङ, एमाले सांसद लक्ष्मी प्रसाद पोखरेल र नेकपा सांसद रमेश कुमार मल्लले यी विषयहरुमा प्रधानमन्त्रीको जवाफ मागेका हुन् । साथै नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि उनीहरुले माग गरे ।
कांग्रेस सांसद केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई समेत धम्क्याउने काम भएको जनाए ।
एमाले सांसद पोखरेलले दार्चुलादेखि ताप्लेजुङसम्म २३ जिल्लाका ६० ठाउँमा भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्दै भारतले नेपालको भूमि मिचेको भनेर प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको आरोप लगाए । यो अभिव्यक्तिले तीन करोड जनतालाई हेपिएको र राष्ट्रघात भएको उनले जिकिर गरे ।
यसैगरी नेकपा सांसद रमेश कुमार मल्लले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्ने माग राखे ।
प्रतिक्रिया 4