+
+
Shares

सीमा विवादबारे प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको १९ दिन भयो, विपक्षीले पाएनन् जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते ११:३७

४ असार, काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेनको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूलेल निरन्तर प्रश्न उठाउँदै आएका छन् ।

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलका अनुसार सीमा विवादबारे बालेनले विवादास्पद अभिव्यक्ति दिएको १९ दिन भयो । तर आफूहरूले विवादास्पद अभिव्यक्तिउपर स्वयम प्रधानमन्त्रीको जवाफ पाउन नसकेको उनले बताए ।

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे ।

सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै एमालेका सांसद पोखरेलले सीमा विवादबारे बालेनले विवादास्पद अभिव्यक्ति दिएको १९ दिनसम्म पनि जवाफ पाउन नसकेको उनले बताएका हुन् ।
‘आज १९ दिन भइसक्यो । उहाँले संसद्मा आएर मैले गल्ति गरेँ भन्नुभएको छैन’, उनले भने ।

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।

उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
यो विषयमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?