+
+
Shares

भारतीय गाडीमा नेपाली नम्बर प्लेट राखेर सञ्चालन गर्ने चालक पक्राउ

ईश्वर थापा ईश्वर थापा
२०८३ असार ४ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको भेडेटारमा भारतीय नम्बरको गाडीमा नेपाली नम्बर प्लेट राखेर चलाउने भारतीय नागरिक नन्दुकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरीले वास्तविक भारतीय नम्बर बिआर एजी ६७०२ को माथि नेपाली नम्बर प्लेट प्रदेश १–०१–००१ च ९२९४ राखिएको कार नियन्त्रणमा लिएको हो ।
  • नियन्त्रणमा लिइएका चालक र कारलाई थप अनुसन्धान तथा कारबाहीका लागि धनकुटास्थित यातायात व्यवस्था सेवा कार्यालय पठाइएको छ ।

४ असार, धनकुटा । धनकुटामा भारतीय नम्बरको सवारीमा नेपाली नम्बर राखेर चलाउने एक व्यक्ति पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कोशी लोकमार्गमा भारतीय नम्बर प्लेटको गाडीमा अवैध रुपमा नेपाली नम्बर प्लेट राखेर सञ्चालन गरेको अवस्थामा भारत बिहार राज्य जोगबनी थाना अमोना पञ्चायत–२१ मिरगञ्ज बस्ने २२ वर्षीय नन्दुकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धरानतर्फ जाँदै गरेका सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उक्त गाडी नियन्त्रणमा लिएको धनकुटा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

चेकजाँचका क्रममा चौधरीले चलाएको सेतो रङको कारको वास्तविक भारतीय नम्बर प्लेट बिआर एजी ६७०२ रहेको खुलेको प्रहरीले जनाएको छ । तर, चालक चौधरीले सो नम्बर प्लेटको माथि नेपाली नम्बर प्लेट प्रदेश १–०१–००१ च ९२९४ राखी सवारी सञ्चालन गरिरहेको पाइएको प्रहरी नायब उपरिक्षक भण्डारी क्षेत्रीले जानकारी दिए ।

प्रहरीले चालक तथा सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि यातायात व्यवस्था सेवा कार्यालय धनकुटामा पठाइएको जनाएको छ । घटना यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?