+
+
Shares

क्रुएल्टी–फ्री सौन्दर्यलाई प्रवर्द्धन गर्दै ‘द बडी शप’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायती राजदूत रोव फेनले ललितपुरको पुल्चोकस्थित लबिम मलमा 'द बडी शप' को नयाँ स्टोर उद्घाटन गर्नुभयो ।
  • द बडी शप नेपालकी निर्देशक सरु आर्याल प्रधानले नयाँ स्टोर जिम्मेवार र दिगो सौन्दर्य उद्योगप्रतिको प्रतिबद्धताको प्रतिबिम्ब भएको बताइन् ।
  • सन् १९७६ मा बेलायतमा स्थापना भएको यो ब्रान्ड विश्वभर पशु परीक्षणविहीन सौन्दर्य अभियान र वातावरणमैत्री व्यवसायका लागि परिचित छ ।

क्रुएल्टी–फ्री सौन्दर्य तथा दिगो व्यवसायिक अभ्यासका लागि विश्वभर परिचित ब्रान्ड द बडी शपले ललितपुरको पुल्चोकस्थित लबिम मलमा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । नयाँ स्टोरको औपचारिक उद्घाटन बिहीबार नेपालका लागि बेलायती राजदूत रोव फेनले रिबन काटेर गरेका हुन् ।

पशु परीक्षणविहीन (क्रुएल्टी–फ्री) सौन्दर्य उत्पादनको अवधारणालाई प्रवर्द्धन गर्दै आएको ‘द बडी शप’ले नेपालमा आफ्नो पहुँच विस्तार गर्ने क्रममा लबिम मलमा नयाँ स्टोर सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले दरबारमार्गस्थित स्टोरसँगै नयाँ शाखामार्फत नैतिक सौन्दर्य उत्पादनलाई थप सर्वसुलभ बनाउने लक्ष्य लिएको छ।

द बडी शप नेपालकी निर्देशक सरु आर्याल प्रधानका अनुसार नयाँ स्टोर केवल व्यापार विस्तारको कदम मात्र नभई जिम्मेवार र दिगो सौन्दर्य उद्योगप्रतिको कम्पनीको प्रतिबद्धताको प्रतिबिम्ब पनि हो । ‘लबिम मलमा नयाँ स्टोर सञ्चालन गर्नु केवल अर्को खुद्रा बिक्री केन्द्र थप्नु मात्र होइन, यो नेपालमा नैतिक सौन्दर्य, दिगोपना र सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतीक हो, ‘उनले भनिन् ।

कम्पनीले व्यापार विस्तारसँगै महिला नेतृत्वको प्रवर्द्धन, जिम्मेवार उद्यमशीलता, सामुदायिक कल्याण तथा दिगो व्यवसायिक अभ्यासलाई समेत प्राथमिकता दिएको जनाएको छ । नयाँ स्टोरमार्फत ग्राहकले अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय स्किनकेयर, बडी केयर, हेयरकेयर, सुगन्ध तथा वेलनेससम्बन्धी उत्पादनहरू प्राप्त गर्न सक्नेछन् ।

सन् १९७६ मा बेलायतमा स्थापना भएको द बडी शप विश्वभर क्रुएल्टी–फ्री सौन्दर्य अभियान, कम्युनिटी ट्रेड साझेदारी तथा वातावरणमैत्री व्यवसायिक मूल्यका लागि परिचित छ । पशु परीक्षणविरुद्धको स्पष्ट अडान र नैतिक स्रोतबाट प्राप्त सामग्रीको प्रयोगले द बडी शपलाई विश्वव्यापी रूपमा जिम्मेवार सौन्दर्य ब्रान्डका रूपमा स्थापित गरेको छ ।

लबिम मलमा नयाँ स्टोर सञ्चालनसँगै कम्पनीले नेपाली उपभोक्तामाझ पशु परीक्षणविहीन, नैतिक तथा दिगो सौन्दर्य उत्पादनको पहुँच थप विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?