+

आगामी सिजनको आईपीएल साविकभन्दा केही चाँडो सुरु हुने सम्भावना

२०८३ असार  ४ गते १८:२० २०८३ असार ४ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय क्रिकेट नियन्त्रण बोर्डले अत्यधिक गर्मी र वर्षाका कारण आगामी सिजनदेखि आईपीएल केही छिट्टै शुरू गर्ने विषयमा छलफल गरिरहेको छ ।
  • सचिव देवजित सकियाका अनुसार आगामी संस्करणका लागि १० मार्चदेखि १५ मे सम्मको अवधिलाई सम्भावित समयका रूपमा प्रस्ताव गरिएको छ ।
  • मे १५ पछिको मौसम खेलाडी र दर्शक दुवैका लागि चुनौतीपूर्ण हुने भएकाले यस्तो तयारी गरिएको हो ।

४ असार, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आगामी सिजनदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) निर्धारित समयभन्दा केही छिट्टै सुरु गर्ने सम्भावनाबारे छलफल गरिरहेको जनाएको छ ।

बीसीसीआईका सचिव देवजित सकियाले खेलाडी र दर्शकले अत्यधिक गर्मीको सामना गर्नुपरेको तथा मे महिनाको दोस्रो भागमा प्रि-मनसुन वर्षाले खेल प्रभावित गर्न सक्ने भएकाले प्रतियोगिता चाँडै सुरु गर्ने विषयमा छलफल भइरहेको बताएका छन् ।

सकियाले पीटीआईसँग कुरा गर्दै यस वर्ष मार्च २८ बाट सुरु भएको आईपीएल मे ३१ मा सकिएको स्मरण गराउँदै मे १५ पछिको समय वर्षा र मौसमका कारण चुनौतीपूर्ण हुने बताए ।

‘मे १५ पछि प्रि-मनसुन सुरु हुने र वर्षाको सम्भावना रहने चिन्ता छ । अर्कोतर्फ, अत्यधिक गर्मी खेलाडी र दर्शक दुवैका लागि अनुकूल छैन’ उनले भने ।

उनका अनुसार बीसीसीआई र आईपीएल गभर्निङ काउन्सिलबीच प्रतियोगितालाई मार्चको अन्तिम साताभन्दा अघि सुरु गर्ने विषयमा छलफल भइरहेको छ ।

सकियाले आगामी संस्करणका लागि मार्च १० देखि मे १५ सम्मको समयावधिलाई सम्भावित विन्डोका रूपमा हेरिएको संकेत दिएका छन् ।

यदि यो प्रस्ताव कार्यान्वयनमा आएमा आगामी सिजनदेखि आईपीएल हालको भन्दा करिब दुई साता अगावै सुरु हुने सम्भावना रहनेछ ।

आईपीएल २०२७ आईपीएल क्रिकेट बीसीसीआई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय