News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको ह्युस्टनमा भएको पोर्चुगलविरुद्धको खेलमा कङ्गोका योएन विसाले ऐतिहासिक गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका छन् ।
- यो गोल कङ्गोको ५२ वर्षको प्रतीक्षापछिको विश्वकप इतिहासमा पहिलो गोल हो, जसले बलियो प्रतिद्वन्द्वी पोर्चुगललाई रोक्न सफल बनायो ।
- सन् २०२१ मा एसिड आक्रमणमा परी गम्भीर घाइते भएका विसाले छ महिनाको उपचार र कठिन सङ्घर्षपछि मैदान फर्किएर यो सफलता पाएका हुन् ।
ह्युस्टनको स्टाडियम चम्किरहेको थियो । मैदानमा खेल पोर्चुगल र कङगोको । केन्द्रविन्दुमा पोर्चुगोलको टोली । आकर्षण रोनाल्डोको ।
स्टाडियमको हरेक कुनामा राता पोर्चुगोलकै जर्सी ।
जबकि, कंगोका निलो जर्सी झिसमिसे सतही रुपमा शान्त तर दृढ देखिन्थ्यो ।
समर्थको एउटै नाममा हुटिङ, ‘रोनाल्डो, …रोनाल्डो ।’ त्यो आवाजको गर्जनले वातावरण थप तातेको थियो ।
खेल सुरु हुनासाथ पोर्चुगलले आफ्नो श्रेष्ठता देखायो । छिटो पास, मिडफिल्ड नियन्त्रण र विङ आक्रमणबाट कंगोलाई लगातार दबाब दिइरह्यो । कंगोको टोली मुख्य रूपमा डिफेन्समा सीमित थियो ।
उनीहरूले बल खोस्ने र काउन्टर अट्याक गर्ने रणनीति अपनाएका थिए ।
खेल सुरु भएको छैटौं मिनेटमै पोर्चुगलले अग्रता लियो । जोआओ नेभेसले पेड्रो नेटोको असिस्टमा हेड मार्फत गोल गरेका थिए । नेभेसले टप राइट कर्नरमा हेडर गरेका थिए ।
सुरुमै गोल गरेपछि पोर्चुगलले कंगो विरुद्ध अझै गोल थप्ने अनुमान थियो ।
पोर्चुगलका स्टार खेलाडीहरू जस्तै क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस लगायतको अनुभव कंगोका लागि ठूलो चुनौती थियो ।
तर कंगो डराएको थिएन । उनीहरूले संरचना बनाए, मिडफिल्ड बलियो राखे र मौका कुरे ।
यो केवल फुटबल थिएन, यो ५२ वर्षको प्रतीक्षापछिको विश्वकपमा आफ्नो पहिचान प्रमाणित गर्ने लडाइँ थियो ।
कंगोका समर्थकहरू थोरै थिए तर उनीहरूको आवाजले स्टेडियममा आफ्नो उपस्थिति देखाइरहेको थियो ।
धेरैले सोचे, यो खेल एकतर्फी हुनेछ । अब खेल यहीँ समाप्त हुनेछ ।’ तर तर कंगोले हार मानेन ।
मैदानमा कंगोको अनुशासन र साहसले फरक कथा लेख्न थालिसकेको थियो ।
मिडफिल्डमा स्पेसिङ मिलाइयो, पास काट्ने प्रयास भयो र काउन्टर अट्याकको योजना तयार भयो । खेल केवल शारीरिक थिएन । यो मानसिक युद्ध थियो ।
उनीहरू अझ संयमित बने, पास छोटो गरे र खेलको गति नियन्त्रण गर्न थाले । यो टिम अब केवल खेलिरहेको थिएन । यो टिम सोचिरहेको थियो ।
पहिलो हाफको नियमित समय सकिएर केही मिनेट इन्जुरी समय थप गरिएको थियो । सबै खेलाडी पेनाल्टी बक्स भित्र थिए । शान्त सन्नाटा थियो ।
बल उठ्यो.. त्यही क्षणमा उफ्रिए, योआन विसा । समय रोकिएजस्तो भयो । उनले प्रहार गरेको बल जालीमा पुग्यो ।
स्टेडियम स्तब्ध भयो, अनि विस्फोट । गोल.. । यो केवल गोल थिएन । यो इतिहास थियो । कंगोको पहिलो विश्वकप गोल । दशकौँको खालीपन अन्त्य । पोर्चुगल बलियो थियो । तर त्यो क्षणमा स्तब्ध भयो ।
सामाजिक सञ्जालमा अल्जजिराको समाचार अनुसार यो क्षणलाई ‘टूर्नामेन्टको सबैभन्दा ठूलो आश्चर्यपूर्ण पुनरागमन’ भनियो, जसले कंगोको खेललाई ट्याक्टिकल मात्र नभई भावनात्मक परिपक्वताको उदाहरण बनायो ।
त्यो बेला अघिसम्म पोर्चुगलको समर्थकको बखान सामाजिक संजालमा थियो । अब सामाजिक संजालमा कंगोको तारिफ चुलिन थाल्यो ।
दोस्रो हाफ सुरु हुँदा खेल बराबरी थियो । पोर्चुगल अझै बलियो थियो, तर कंगो अब डराएको थिएन । दोस्रो हाफमा थप गोल भएन र खेल १-१ कै बराबरीमा सकियो । उपाधि दाबेदारको रुपमा हेरिएको पोर्चुगलले खेल सहजै जित्ने अनुमान गरिएको थियो । तर कंगोले त्यसलाई गलत सावित गर्दै इतिहास रच्यो ।
त्यसपछि रोनाल्डोको होइन, कंगो र कंगोको गोल गर्ने खेलाडीको चर्चा भयो ।
यसअघि खासै चर्चा नभएको विसा कंगोका लागि बराबरी गोल फर्काएपछि भने एकाएक चर्चामा आए । खेलमा तरंग ल्याउने ती खेलाडीको बारेमा सबैलाई कौतुहलता भयो ।
३० वर्षको उमेरमा उनले विश्वकपको त्यो क्षणमा कंगोको नाम इतिहासमा लेखिदिए । तर त्यो गोल अचानक आएको सफलता मात्र थिएन । यो वर्षौँको संघर्ष, पीडा र धैर्यको परिणाम थियो ।
यस्तो छ, उनको संघर्षको कहानी
योआने विसा डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा जन्मिएका हुन् । सामान्य परिवारमा हुर्किएका उनको बाल्यकालमा सुःखसुविधा धेरै भरिपूर्ण थिएन ।
कंगोमा धेरै बच्चाहरू जस्तै उनी पनि सानो उमेरदेखि फुटबलतर्फ आकर्षित भए ।
धुलो मैदान, पुराना बल, र सडकका खेलहरूले उनको बाल्यकाल बनेको थियो ।
त्यही ठाउँबाट उनले सिके, कठिन परिस्थिति भए पनि सपना देख्न रोकिँदैन ।
फुटबलप्रतिको पहिलो आकर्षण
विसा सानै उमेरदेखि तेज थिए । उनको गति र बल नियन्त्रणले सबैलाई आकर्षित गथ्र्यो । स्थानीय प्रतियोगिताहरूमा उनी फरक देखिन थाले ।
कोचहरूले उनको क्षमता देखे र उनलाई अगाडि बढ्न प्रेरित गरे । तर कंगोमा अवसर सीमित थियो ।
त्यसैले, उनको सपना युरोपतर्फ मोडियो ।
विसाको जीवनमा ठूलो मोड तब आयो जब उनी फ्रान्स पुगे । यो सजिलो यात्रा थिएन । न त्यहाँको भाषा सजिलो थियो, न वातावरण परिचित । तर उनीसँग एउटा कुरा थियो, धैर्य ।
फ्रान्स पुगेपछि उनले साना क्लबहरूबाट आफ्नो यात्रा सुरु गरे । उनी बिस्तारै व्यावसायिक फुटबलतर्फ अघि बढे ।
उनी सुरुमा विभिन्न युवा विकास प्रणालीबाट अघि बढे, जहाँ खेलाडीहरूलाई केवल खेल्न मात्र होइन, सोच्न, अनुशासनमा रहन र आधुनिक फुटबल बुझ्न सिकाइन्छ ।
सुरुवातमा उनी ए. एस. मार्ली जस्तो स्थानीय क्लबमा आबद्ध भए । त्यहाँ उनले पहिलो पटक व्यवस्थित प्रशिक्षण पाए । यसले उनको प्रतिभालाई दिशानिर्देश दियो ।
उनको गति, बल नियन्त्रण र गोल गर्ने क्षमता देखेर प्रशिक्षकहरू प्रभावित भए । तर यो यात्रा सजिलो थिएन । हरेक स्तरमा प्रतिस्पर्धा कडा थियो, र प्रत्येक अभ्यासले उनलाई अझ बलियो बनाउँदै लग्यो ।
पछि उनी फ्रान्सको व्यावसायिक क्लब ए. सी. अजाक्सियो तर्फ पुगे । यहीँबाट उनको प्रोफेसनल करियरको औपचारिक सुरुवात भयो । अजाक्सियोमा उनले पहिलो पटक ठूलो स्तरको प्रतिस्पर्धा अनुभव गरे ।
यहाँ खेलाडीहरूबीच स्थानका लागि कडा संघर्ष हुन्थ्यो । विसाले धैर्य, मेहनत र निरन्तर सुधारमार्फत आफूलाई प्रमाणित गर्न थाले ।
त्यसपछि उनले एन्जर्स एस. सी. ओ. मा स्थान पाए । यो चरण उनको करियरका लागि महत्वपूर्ण रह्यो ।
यहाँ उनले शीर्ष लिगको अनुभव प्राप्त गरे र आफ्नो खेललाई अझ परिपक्व बनाए । उनको तेज गति, दबाबमा पनि सही निर्णय लिने क्षमता र गोल गर्ने क्षमता स्पष्ट रूपमा देखिन थाल्यो । तर अझै उनी पूर्ण रूपमा स्थापित खेलाडी थिएनन्, उनले निरन्तर आफूलाई सुधार्दै लगे ।
पछि उनले स्टेड ब्रेस्टमा पनि प्रभावशाली प्रदर्शन गरे । उनले आफ्नो खेललाई अझ सन्तुलित बनाए, केवल गोल गर्ने होइन, टिमको संरचनामा महत्वपूर्ण भूमिका खेल्ने खेलाडी बने । यही चरणमा उनी युरोपियन फुटबलमा विश्वसनीय नाम बन्दै गए ।
उनको उत्कृष्ट प्रदर्शनले अन्ततः उनलाई इंग्ल्यान्डको प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा पुर्यायो ।
प्रिमियर लिग विश्वकै सबैभन्दा कठिन लिग मानिन्छ, जहाँ प्रत्येक खेल उच्च स्तरको दबाबमा खेलिन्छ । यहाँ विसाले आफ्नो गति र सही समयमा सही स्थानमा पुग्ने खेल शैलीमार्फत आफूलाई प्रमाणित गरे ।
क्लब फुटबलमा लगातार सुधार गर्दै जाँदा उनले राष्ट्रिय टोलीतर्फ पनि आफ्नो स्थान बलियो बनाउँदै लगे ।
कंगोको राष्ट्रिय टोलीका लागि खेल्दै उनले अन्तर्राष्ट्रिय अनुभव बटुल्दै गए । यही अनुभवले उनलाई विश्वकप जस्तो ठूलो प्रतियोगिताका लागि तयार बनायो ।
अन्ततः निरन्तर मेहनत, युरोपमा बिताएको संघर्षपूर्ण यात्रा र क्लब स्तरमा देखाएको प्रदर्शनको आधारमा उनी विश्वकप टोलीमा समावेश भए । यही यात्राको अन्तिम परिणाम ह्युस्टनको मैदानमा देखियो, जहाँ उनले कंगोको फुटबलमा इतिहाच रचे, विश्वकपमा गोल गर्ने पहिलो कंगोली खेलाडी बनेर ।
एसिड आक्रमणको पीडा झेलेका बलिया विसा
उनको जीवनको सबैभन्दा पीडादायी अध्याय बाहिरको संसारसँग जोडिन्छ । करिब पाँच वर्षअघि, उनले आफ्नो जीवनको सबैभन्दा भयावह क्षण भोगेका थिए ।
विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरू अनुसार सन् २०२१ तिर उनीमाथि एक गम्भीर हिंसात्मक आक्रमण भएको थियो, जसमा एसिड प्रहार जस्तो दर्दनाक घटना पनि उल्लेख गरिएको छ ।
जुलाई १, २०२१ । उनी आफ्नो घरको ढोका खोल्दै थिए, जब एक महिलाले उनकी छोरीलाई अपहरण गर्ने प्रयास गरिन् र त्यसै क्रममा विसाको अनुहारमा एसिड प्रहार गरिन् ।
त्यो आक्रमणले उनको अनुहार र आँखामा गम्भीर क्षति पुर्यायो, र उनलाई आकस्मिक शल्यक्रिया गर्नुपर्यो ।
त्यो घटनापछि पनि उनीमाथि थप आक्रमण भएको थियो, र पछि अनुसन्धानपछि अपराधी पहिचान भई २०२५ जनवरीमा १८ वर्षको जेल सजाय सुनाइएको थियो ।
यो आक्रमणपछि विसा छ महिनासम्म उपचारमा रहे । एसिड आक्रमण हुनु भनेको त्यो केवल शारीरिक चोट थिएन । यो मानसिक झट्काले दिएको आघात पनि थियो ।
धेरैले सोचे, अब उनको फुटबल यात्रा समाप्त भयो । तर विसाले हार मानेनन् । पीडा ठूलो थियो । डर पनि थियो । तर उनी भित्रको खेलाडी अझै बाँचेको थियो ।
तर उनले हार मानेनन् । पीडाले उनलाई रोक्न सकेन । बरु झन् बलियो बनायो । त्यही समय उनले निर्णय गरे, ‘म फेरि फर्किन्छु ।’ र, उनी मैदान फर्किए ।
उनी फ्रान्सको एसएनए एफसी लोरिइन्टमा खेल्दै आफ्नो करियरलाई निरन्तरता दिए ।
आज कंगो राष्ट्रिय टोलीका लागि खेल्नु उनको गर्व हो । उनी केवल क्लब खेलाडी होइनन् । उनी आफ्नो देशको प्रतिनिधि हुन् । र आज, त्यही प्रतिनिधिले इतिहास लेख्यो ।
प्रतिक्रिया 4