News Summary
Generated by OK AI. Editorially reviewed.- १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल प्रतियोगिताको उपाधिका लागि बुढानिलकण्ठ नगरपालिका र ग्राण्डी स्टार्स फाइनलमा भिड्ने भएका छन् ।
- बुधबारको सेमिफाइनल खेलमा ग्राण्डी स्टार्सले आइएसए नेपाललाई तथा बुढानिलकण्ठले सुनसरी बास्केटबल एसोसिएसनलाई पराजित गर्दै फाइनल यात्रा तय गरे ।
- एक दशकपछि आयोजना भएको यो राष्ट्रिय प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपका लागि खेलाडी छनोटको मुख्य आधार समेत रहेको छ ।
४ असार, काठमाडौं । १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल प्रतियोगिताको उपाधिका लागि बुढानिलकण्ठ नगरपालिका र ग्राण्डी स्टार्स भिड्ने भएका छन् ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको प्रतियोगितामा बुढानिलकण्ठ र ग्राण्डीले बुधबार सेमिफाइनल खेल जित्दै फाइनलमा स्थान बनाएका हुन् ।
कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा ग्राण्डी स्टार्सले आइएसए नेपाललाई ६६-३२ को अन्तरले हरायो । चारै क्वाटरमा अग्रता बनाएको ग्राण्डी स्टार्सले १५-७, २८- १०, १२-८, ११-७ को प्रदर्शन गर्यो ।

यस खेलमा ग्राण्डी स्टार्की स्मृति पाइजुले सर्वाधिक १४ अंक स्कोर गरिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।
यस्तै दोस्रो सेमिफाइनलमा बुढानिलकण्ठले सुनसरी बास्केटबल एसोसिएसनलाई ७२-३९ ले सहजै हरायो । बुढानिलकण्ठले तीन क्वाटरमा अग्रता बनाउने क्रममा १९-११, २१-४, १३-१६, १९-८ को प्रदर्शन गर्यो ।
बुढानिलकण्ठको जितमा उर्जा राना मगरले सर्वाधिक २१ अंक स्कोर गरिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।

बुढानिलकण्ड र ग्राण्डी स्टार्सबीचको फाइनल खेल शुक्रबार दिउँसो ३ बजे हुने नेबाले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार, उदीयमान टोलीलाई १० हजार तथा उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।
नेपाल बास्केटबल संघले एक दशकपछि आयोजना गरेको यस महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ ।
प्रतिक्रिया 4