News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप अन्तर्गत समूह चरणको खेलमा चेक रिपब्लिकले दक्षिण अफ्रिकाविरुद्ध पहिलो हाफमा एक गोलको अग्रता लिएको छ ।
- चेक रिपब्लिकका लागि खेलको छैटौं मिनेटमा मिचल सादिलेकले गोल गरेका हुन् ।
- दक्षिण अफ्रिकाले ६३ प्रतिशत बढी बल पोजिसन राखे पनि पहिलो हाफमा गोल फर्काउन सकेन ।
४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिकले दक्षिण अफ्रिकाविरुद्ध अग्रता लिएको छ ।
एटलान्ट स्टेडियममा जारी खेलको पहिलो हाफमा चेक रिपब्लिकले एक गोलको अग्रता लिएको हो ।
चेक रिपब्लिकका लागि छैटौं मिनेटमा मिचल सादिलेकले गोल गरे । दक्षिण अफ्रिकाले खेलमा ६३ प्रतिशत बढी बल पोजिसल राखेपनि गोल गर्न सकेको छैन ।
केही राम्रो अवसर पाएपनि दक्षिण अफ्रिकाले फिनिसिङमा चुक्दै आएको छ ।
पहिलाे खेलमा दुवै टाेली पराजित भएका थिए ।
प्रतिक्रिया 4