News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा घरेलु टोली क्यानडाले कतारविरुद्ध पहिलो हाफमा ३–० को अग्रता लिएको छ।
- क्यानडाका लागि जोनाथन डेभिडले दुई तथा साइले लारिनले एक गोल गरे।
- खेलको ३३औं मिनेटमा हमाम अहमदले रातो कार्ड पाएपछि कतार १० खेलाडीमा सीमित भएको छ।
५ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा घरेलु टोली क्यानडाले पहिलो हाफमा कतारविरुद्ध तीन गोलको अग्रता लिएको छ ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले ३–० को अग्रता लिएको हो ।
खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।
३३औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सिमित छ ।
पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाए ।
पहिलो हाफमा क्यानडाले कतारलाई दबाबमा राख्न सफल भएको छ ।
प्रतिक्रिया 4