+
+
Shares

प्याजको भाउ बढ्यो, कतिमा भइरहेछ किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा शुक्रबार सुकेको प्याजको थोक मूल्य प्रतिकिलो औसत ४ रुपैयाँले बढेर ४९ रुपैयाँ पुगेको छ ।
  • बिहीबार प्रतिकिलो औसत ४५ रुपैयाँमा बिक्री भएको प्याजको मूल्य शुक्रबार न्यूनतम ४८ देखि अधिकतम ५० रुपैयाँसम्म कायम भएको छ ।

५ असार, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार सुकेको प्याजको भाउ बढेको देखाएको हो ।

आज प्याजको भाउ प्रतिकिलो औसत ४ रुपैयाँ बढेको छ । हिजो बिहीबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि अधिकतम ४७ र औसत ४५ रुपैयाँमा किनबेच भएको थियो ।

आज शुक्रबार भने प्याजको भाउ प्रतिकिलो थोकमा न्यूनतम ४८ देखि अधिकतम ५० र औसत ४९ रुपैयाँ कायम छ । प्याजको भाउ आपूर्तिका आधारमा घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने व्यवसायीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?