+
+
Shares

सुदूरपश्चिम प्रदेश : बजेट संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारुढ एमालेको निर्णय

संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रूपमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

जनक विष्ट जनक विष्ट
२०८३ असार ५ गते १४:३१

५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दल नेकपा एमालेले प्रदेश सभामा प्रस्तुत अगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा संशोधन हाल्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले बजेट प्रस्तावमा संशोधन हाल्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले असार १ गते मध्यरातमा प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा विनियोजन विधेयकको सिद्धान्तविपरीत भएको, मन्त्रालयगत बजेटको विनियोजन नराखिएको, योजना छनोट मापदण्ड मिचिएको लगायतका विषयमा प्रश्न उठाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय लिइएको एमाले संसदीय दलले जनाएको छ । आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले अगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गर्ने बैठकमा सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी थिए । संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रूपमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । संसदीय दलले गरेको निर्णयका आधारमा अब संशोधन प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिने एक सांसदले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि बजेट बिचौलिया र कार्यकर्तामुखी भएको भन्दै प्रदेश सभाबाट पारित गर्न नदिने अडान लिएको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?