+
+
Shares

चलचित्र ऐनलाई समयसापेक्ष बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
  • सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो, “वास्तवमा चलचित्रले सम्बन्धित राष्ट्रको आत्मा र समाजको मनोदशा बोलिरहेको हुन्छ ।”
  • मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रका समस्या र चुनौतीप्रति सरकार गम्भीर रहेको र सरोकारवालासँग बृहत्तर छलफल गरेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

५ असार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि मौजुदा ऐनमा सुधार आवश्यक रहेको औंल्याए ।

सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्रले कुनै पनि राष्ट्रको आत्मा र समाजको मनोदशा प्रतिविम्बित गर्ने उल्लेख पनि गरे ।

चलचित्र क्षेत्रका समस्या, चुनौती र अपेक्षाहरूप्रति सरकार अत्यन्तै गम्भीर रहेको स्पष्ट पार्दै उनले यस क्षेत्रको सुधारका लागि सरोकारवालाहरूसँग बृहत्तर छलफल गरेर अगाडि बढ्न आफू तयार रहेको बताए ।

‘वास्तवमा चलचित्रले सम्बन्धित राष्ट्रको आत्मा र समाजको मनोदशा बोलिरहेको हुन्छ । यसले देशको भविष्यको एक प्रकारको कल्पना समेत गरिरहेको हुन्छ । नयाँ चलचित्र ऐन समयसापेक्ष र व्यावहारिक हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ सञ्चारमन्त्री तिमिल्सिनाले भने, ‘यो ऐन सरकारलाई भन्दा बढी चलचित्र क्षेत्रलाई चाहिएको हो, त्यसैले यसलाई सोही क्षेत्रको भावना समेट्ने गरी निर्माण गर्न हामी आफ्नो प्रतिवद्धता दोहोर्‍याउन चाहन्छौं ।’

मन्त्री तिमिल्सिनाले नयाँ चलचित्र ऐन सरकारको सहजताका लागि नभई समग्र चलचित्र क्षेत्रको हित र आवश्यकताका लागि ल्याउन लागिएको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?