News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले देशभर सञ्चालित साना–ठूला सबै प्रकारका होटेलहरूको विवरण सङ्कलन गर्न शुरू गरेको छ ।
- पर्यटन विभागले होटेलहरूले उपलब्ध गराउने खानाको वर्गीकरण सहितको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
- विभागले क्यूआर कोड सार्वजनिक गर्दै देशभरिका होटेल व्यवसायीलाई आफ्नो विवरण पठाउन आग्रह गरेको छ ।
५ असार, काठमाडौं । सरकारले देशभरि सञ्चालित साना–ठूला सबै प्रकारका होटेलको विवरण संकलन सुरु गरेको छ ।
यस्तो विवरण नेपाल सरकारले सार्वजजिक रुपमा प्रकाशन, प्रसारण र प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागेको पर्यटन विभागले जानकारी दिएको छ । स्थलमार्गबाट आउने धार्मिक यात्राका भारतीय पर्यटकले सडकमै खाना पकाउने गरेको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा देखिन्छ । तर, नेपाल भित्र सेवा प्रदायकले उनीहरुलाई उपयुक्त प्रकारको सेवा दिन नसक्दा सो समस्या आएको अवस्था छ ।
सोहीकारण विज्ञहरुले आफ्नो सेवाको प्रभावकारी प्रचार प्रसार गर्न र सेवा सुधारमा सरकारलाई सुझाव दिइरहेका छन् । सोही अनुसार सरकारले होटलहरुले दिने शाकाहारी, मांशाहारी वा हलाल खानाबारे विवरण संकलन गरी सार्वजनिक गर्ने तयारी गरेको हो । विभागले क्यूआर कोड सार्वजनिक गर्दै आफ्नो विवरण पठाउन देशभरिका होटेल व्यवसायीलाई आग्रह गरेको छ ।
रेस्टुरेन्ट, किचन, भान्साघर, होटल, रिसोर्ट सबैलाई यस्तो विवरण पठाउन भनिएको छ । विवरणमा शाकाहारी र भेगन मात्र, शाकाहारी र मांशाहारी दुवै तथा हलाल खाना जे उपलब्ध हुन्छ, सोबारे उल्लेख गर्नुपर्ने भएको छ । साथै, प्रतिष्ठानको नाम, ठेगाना, टोलसमेत उल्लेख गरी, मोबाइल नम्बर, खुल्न र बन्द हुने समय समेत उल्लेख गरी पठाउन सकिने छ ।
मदिरा पाइने/नपाइने र वेवसाइट भए सो समेत राख्न भनिएको छ । अहिले पर्यटन विभाग र प्रदेश कार्यालयहरुसँग ठूला र तारे होटेलको तथ्यांक उपलब्ध छ । तर, स्थानीय स्तरमा कुन स्तरका कति होटेल रेष्टुरेन्ट सञ्चालनमा छन् भन्नेबारे तथ्यांक छैन ।
प्रतिक्रिया 4