News Summary
Generated by OK AI. Editorially reviewed.- पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्की फिफा विश्वकप २०२६ को समूह चरणबाट बाहिरिएको छ ।
- सहआयोजक अमेरिका लगातार दोस्रो जितसँगै एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
- पाराग्वेका माटियास गालार्जाले खेलको दोस्रो मिनेटमा गरेको गोल नै टर्कीविरुद्धको खेलमा निर्णायक बन्यो ।
६ असार, काठमाडौं । लगातार दोस्रो हारसँगै टर्कीए फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।
यो नतिजासँगै सहआयोजक अमेरिका भने एक खेल अगावै समूह ‘डी’ काे विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाको २ खेलबाट ६ अंक छ । समान दुई खेल खेलका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ ।
सबै टोलीले एकएक खेल्न बाँकी छ । हेड टु हेडका आधारमा अगाडि हुँदा अमेरिका समूह विजेता बन्ने निश्चित भएको हो ।

टर्कीएमाथि १–० को जित निकाल्दा पाराग्वेका माटियास गालार्जाले निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमा गरेको गोल नै पाराग्वेका लागि पर्याप्त भयो ।
पहिलो हाफको इन्जुरी समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भयो । त्यसपछि टर्कीएले लगातार दबाबमा राखेपनि गोल गर्न सकेन । खेलमा टर्कीएले ७९ प्रतिशत बल पाेजिसन राख्याे । ३२ सर्ट प्रहार गर्याे । तर, गाेलमा परिणत हुन सकेन ।

प्रतिक्रिया 4