+
+
Shares
रास्वपा महाधिवेशन आचारसंहिता :

राजकीय स्रोतबाट चुनाव प्रभावित पार्न नपाइने, प्यानल बनाउन निषेध

उक्त आयोगले प्रथम महाधिवेशनका लागि चार बुँदे निर्वाचन आचारसंहिता जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १७:५८

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारबाट चितवनमा सुरु हुँदैछ । महाधिवेशनका लागि चितवनमा देशभरका रास्वपा नेताकार्यकर्ता भेला भइसकेका छन् ।

पार्टी गठनको चार वर्षपछि पहिलो पटक हुन लागेको महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

त्यसको व्यवस्थापकीय र वैधानिक पक्षको काम गर्न रास्वपाले केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ ।

उक्त आयोगले प्रथम महाधिवेशनका लागि चार बुँदे निर्वाचन आचारसंहिता पनि जारी गरेको छ ।

आचारसंहिताअनुसार पहिलो बुँदामा उम्मेदवारी तथा प्रचार प्रसार सम्बन्धी व्यवस्था गरेको छ । जसमा विधिवत् उम्मेदवारी प्रमाणित भइसकेपछि मात्रै प्रचारप्रसार गर्न पाइने, प्यानल वा गुटबन्दी गर्न नपाइने, संयुक्त सूची बाँड्न नपाइने जस्ता विषय उल्लेख छ ।

यस्तै, दोस्रो बुँदामा पार्टी र सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय र दलीय स्रोतको प्रयोग गरेर निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाइने भनिएको छ ।

तेस्रो बुँदामा मतदान सम्बन्धी व्यवस्था र चौथो बुँदामा उजुरी तथा कारबाहीको व्यवस्था राखिएको छ ।

यस्तो छ आचारसंहिता :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?