News Summary
Generated by OK AI. Editorially reviewed.- ड्रीम्स युनिभर्सल एलएलसीले अमेरिकाको वासिङ्टन डीसीमा आयोजना हुने ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का उत्कृष्ट २० प्रतिस्पर्धी सार्वजनिक गरेको छ ।
- अमेरिकी समाजमा नेपाली पहिचान मजबुत बनाउन न्यूयोर्कमा हुँदै आएको यो प्रतियोगिता पहिलो पटक राजधानी वासिङ्टन डीसीमा आयोजना गर्न लागिएको हो ।
- आगामी २६ जुलाई २०२६ मा हुने ग्रान्ड फिनालेका विजेताले उपाधिसहित छात्रवृत्ति र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली समुदायको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।
वासिङ्टन डीसी । ड्रीम्स युनिभर्सल एलएलसीले ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का उत्कृष्ट २० प्रतिस्पर्धी सार्वजनिक गरेको छ । उत्तर अमेरिकामा नेपाली महिला, संस्कृति, नेतृत्व र उपलब्धिलाई प्रवद्र्धन गर्दै आएको यो प्रतिष्ठित प्रतियोगिताको नवौं संस्करण यस वर्ष विशेष रूपमा अमेरिकाको राजधानी वासिङ्टन डीसीमा आयोजना हुँदैछ ।
यसअघि न्यूयोर्कमा हुँदै आएको प्रतियोगिता अमेरिकाको २५०औँ स्थापना वर्षको अवसर पारेर पहिलो पटक वासिङ्टन डीसीमा सारिएको हो । आयोजकका अनुसार यो निर्णयले अमेरिकी समाजमा नेपाली समुदायको बढ्दो उपस्थिति, योगदान र पहिचानलाई झन् मजबुत रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।
यस वर्षका प्रतिस्पर्धी विभिन्न पेशा, शैक्षिक पृष्ठभूमि र जीवन अनुभवबाट छनोट भएका छन् । उनीहरूमध्ये अमेरिकी सेनामा कार्यरत व्यक्तिदेखि स्वास्थ्यकर्मी, नर्स, पाइलट, इन्जिनियर, सूचना प्रविधि विशेषज्ञ, उद्यमी, विद्यार्थी तथा सामुदायिक अभियन्तासम्म रहेका छन् ।
प्रतियोगिताका अध्यक्ष शैलेन्द्र श्रेष्ठले मिस नेपाल नर्थ अमेरिका केवल उपाधि जित्ने प्रतिस्पर्धा नभई युवा महिलालाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि र आफ्नो सांस्कृतिक पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने मञ्च भएको बताए ।
आगामी जुलाई २६, २०२६ मा वासिङ्टन डीसीमा हुने ग्रान्ड फिनालेमा प्रतिस्पर्धीले अन्तर्वार्ता, सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन तथा नेतृत्वसम्बन्धी विभिन्न गतिविधिमा सहभागिता जनाउनेछन् । विजेताले ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को प्रतिष्ठित उपाधिसहित छात्रवृत्ति अवसर प्राप्त गर्नेछिन् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली समुदायको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।
मिस नेपाल नर्थ अमेरिका २०२६ का उत्कृष्ट २० प्रतिस्पर्धी :
आयशा थापा (केन्टकी), अनामिका खड्गी (साउथ क्यारोलाइना), अनामिका श्रेष्ठ (मिशिगन), बेबिका कोइराला (मेरिल्यान्ड), दीपिका शर्मा (मेरिल्यान्ड), जिया थापामगर (टेक्सास), इशा सिंह (ओहायो), ज्योत्स्ना क्षेत्री (टेक्सास), मोबिशा लामा (न्यूयोर्क), प्राप्ति श्रेष्ठ (नेभाडा), प्रियाशा देवकोटा (टेक्सास), रेश्मा निरौला (टेक्सास), रिया मल्ल (भर्जिनिया), रिम्शा थापा (भर्जिनिया), रोज्जा खरेल (न्यूयोर्क), रुजु गिरी (भर्जिनिया), शाभ्या बिष्ट (टेनेसी), स्वोस कराखेती (वाशिङ्टन डीसी), टेरिशा बन (भर्जिनिया) र उपासना अधिकारी (भर्जिनिया) ।





प्रतिक्रिया 4