News Summary
Generated by OK AI. Editorially reviewed.- चोटका कारण सुरुवाती दुई खेल गुमाएका ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले स्कटल्यान्ड विरुद्धको आगामी खेल खेल्ने भएका छन् ।
- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले आगामी बुधबार हुने स्कटल्यान्ड विरुद्धको खेलमा नेयमार उपलब्ध हुने बताउनुभयो ।
- हाल दुई खेलबाट ४ अंक जोडेको ब्राजिल समूह 'सी' को शीर्ष स्थानमा रहेको छ ।
६ असार, काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले स्कटल्यान्ड विरुद्धको खेल खेल्ने भएका छन् । चोटका कारण सुरुवाती दुई खेल गुमाएका नेयमार स्कटल्यान्ड विरुद्धको खेलमा उपलब्ध हुने ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पुष्टि गरे ।
‘नेयमार भोलि व्यक्तिगत रूपमा र सोमबार टोलीसँग प्रशिक्षण गर्नेछन् । उनी स्कटल्याण्ड विरुद्धको खेलको लागि उपलब्ध हुनेछन्,’ कार्लोले हाइटीमाथि ३-० को जितपछि भने ।
ब्राजिलले समूह चरणको अन्तिम खेल आगामी बुधबार स्कटल्यान्डसंँग खेल्नेछ । प्रशिक्षक कार्लोकाअनुसार जुन खेलमा नेयमार उपलब्ध हुनेछन् ।
नेयामारले गुमाएको दुई मध्ये ब्राजिलले एक खेलमा जित र एक खेल बराबरी खेलेको छ । हाइटीलाई ३-० ले पराजित गरेको ब्राजिल मोरक्कोसंग १-१ को बराबरीमा रोकिएको थियो ।
२ खेलबाट ४ अंक जोडेको ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा छ । समान ४ अंक रहेको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।
स्कटल्यान्ड ३ अंकसहित तेस्रो र अंकविहिन हाइटी अंकतालिकाको पुछारमा छ ।
प्रतिक्रिया 4