+
फिफा विश्वकप २०२६ :

जापानलाई दुई गोलको अग्रता

२०८३ असार  ७ गते १०:२१ २०८३ असार ७ गते १०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापान र ट्युनिसियाबीच प्रतिस्पर्धा भइरहेको छ ।
  • खेलको पहिलो आधा घण्टामा दाइची कामाडा र आएसे उएदाले गोल गर्दै जापानलाई दुई गोलको अग्रता दिलाए ।
  • सन् १९३० मा उरुग्वेबाट शुरू भएको विश्वकपको २३औं संस्करण अन्तर्गत यो ऐतिहासिक खेल भएको हो ।

७ असार, काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ ।

उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत मोन्टेरे स्टेडियममा भइरहेको खेलमा जापानले आधा घण्टामै दुई गोल गरेको हो ।

खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । विश्वकपमा जापानको यो सबैभन्दा छिटो गोल हो ।

यस्तै आएसे उएदाले ३१औं मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर पारे ।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको २३औं संस्करणमा आएर १०००‍औं खेल भएको हो ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय