+
+
Shares

रास्वपा महाधिवेशन : पानी जमेको ठाउँमा माटो राखेर सम्याइँदै (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ११:२०

७ असार, चितवन । रास्वपाको प्रथम महाधिवेशन उदघाटनस्थलमा पानी जमेको ठाउँ माटो राखेर पुरिँदै छ ।

महाविधेशन उदघाटन समारोहस्थल गेष्टहाउस चौरमा सहभागीहरु बस्नका लागि तयार गरिएको छानोसहितको ‘जर्मन ह्याङ्गर’ को तल भुइँमा पानी जमेपछि माटो राखिएको हो ।

बिहानै स्वयंसेवकहरुले मोटर लगाएर पानी फ्याँकेका थिए । त्यस ठाउँमा अहिले टिपरबाट गिट्टीबालुवा ओसारेर डोजरको सहायताले सम्याउने काम भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्टहाउस चौर होचो भाग भएकाले पानी पर्नासाथ जम्ने गर्दछ ।

महाधिवेशन उदघाटन स्थलमा सहभागीहरु बस्न बनाइएका तीन वटा सेक्सनमध्ये २० मिटर चौडा र ७५ मिटर लम्बाइको मुख्य खण्डको ह्यांगर तल गएरातिको वर्षाले पानी जमेको थियो । मुख्य सेक्सनभन्दा माथिको ह्यांगरमा भने खासै पानी जमेको छैन । तल्लो सेक्सनमा छिपछिपे पानी थियो । ती ठाउँमा माटो राखेर सम्याउने काम भइरहेको छ ।

रास्वपा महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले घण्टी बजाएर उदघाटन गर्ने तयारी छ  ।

चैत ७, ८ र ९ गते हुने रास्वपाको पहिलो महाधिवेशनको उदघाटन सत्र चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा हुने भए पनि बन्दसत्र भने चितवन उद्योग संघको हलमा गर्ने गरी व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?