+
फिफा विश्वकप २०२६ :

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

२०८३ असार  ७ गते ११:४१ २०८३ असार ७ गते ११:४१

समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकपको १०००औं खेलमा जापानले ट्युनिसियालाई ४–० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
  • लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
  • जापानले विश्वकप फुटबलमा ट्युनिसियालाई पराजित गरेको यो दोस्रो पटक हो ।

७ असार, काठमाडौं । फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ ।

समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ ।

मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक-एक गोल गरे ।

जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो । यसअघि सन् २००२ मा घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई २-० ले पराजित गरेको थियो ।

जापानले सुरुमै गोल गरेपछि ट्युनिसियालाई खेलमा दबाबमा राख्न सफल भएको थियो । ६२ प्रतिशत बल पोसेसन राखेको जाापनले ११ सट हान्दा ५ सट अन टार्गेटमा थियो । २ सट हानेको ट्युनिसियाले भने अन टार्गेटमा राख्न सकेन ।

खेलको चौथो मिनेटमै कामाडाले केइतो नाकामुराको पासमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । उएदाले को इताकुराको पासमा ३१औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि जापानले दुई गोल थप्यो । इटोले उएदाको पासमा ६९औं मिनेटमा जापानका लागि तेस्रो गोल गरे । उएदाले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो तथा जापानको लागि चौथो गोल गरे । उनले काइसु सानोको पासमा गोल गरे ।

उएदा यस विश्वकपमा एकै खेलमा दुई गोल गर्ने र एक असिस्ट गर्ने दोस्रो खेलाडी बने । यसअघि नेदरल्यान्ड्सका कोडी गाक्पोले स्वीडेन विरुद्ध दुई गोल र एक असिस्ट गरेका थिए ।

जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेको थियो ।

ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटे बाहिरिएको छ । ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५-१ ले पराजित भएको थियो । ट्युनिसियाले पहिलो हारपछि प्रशिक्षक साब्री लामोउचीलाई बर्खास्त गर्दै हार्भे रेनार्डलाई नयाँ प्रशिक्षक बनाएको थियो ।

तर नयाँ प्रशिक्षक नियुक्त भएपनि नतिजा भने परिवर्तन गर्न सकेनन् । यस विश्वकपमा दुई खेलमै ९ गोल बेहवर्ने ट्युनिसिया पहिलो टिम समेत बनेको छ ।

जापानले अब समूह एफको अन्तिम खेल स्वीडेनसँग खेल्नेछ । यस्तै बाहिरिसकेको ट्युनिसियाले नेदरल्यान्ड्ससँग समूहको अन्तिम खेल खेल्नेछ । यी दुई खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय