+
+
Shares

हामी कसैलाई हराउन आएका होइनौं, देशलाई जिताउन आएका हौं : स्वर्णिम वाग्ले

‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको पहिलो महाधिवेशनमा आक्रोश मात्र नभई आशा रास्वपाको शक्ति हुनुपर्ने बताएका छन् ।
  • ‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं,’ उनले भने ।
  • ‘आलोचना मात्र होइन, विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ,’ उनले भने ।

७ असार, काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू कसैलाई हराउन राजनीतिमा नआएको बताएका छन् । साथै, उनले देशलाई जिताउन आएको टिप्पणी गरे ।

आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू पुरानो पुस्तासँग लड्न नभइ नयाँ राजनीतिक संस्कार बसाल्न आएको पनि बताए ।

‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं,’ उनले भने ।

उनले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्ने बताए ।

‘आलोचना मात्र होइन, विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?