+
+
Shares

रास्वपाकै जस्तो सपना मेरो पनि थियो : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना दिँदै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूले पनि रास्वपाले जस्तै देश बनाउने सपना देखेको बताए ।
  • महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष राउतले “म कुनै प्रतिस्पर्धीको रुपमा होइन, सहयात्रीको रुपमा उपस्थित भएको छु” भनी उल्लेख गरे ।

७ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपाले जस्तै आफूले पनि सपना देखेको टिप्पणी गरेका छन् ।

रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘तपाईंभित्र जुन देश बनाउने अठोट छ । देशमा केही समृद्धि आओस् भन्ने चाहना छ त्यसका लागि आउनुभएको हो,’ उनले भने, ‘त्यही चाहना म भित्र भएकाले पनि म शुभकामना दिन आएको हुँ । जुन सपना तपाईंहरूले देख्नुभएको थियो, त्यही सपना मैले पनि देखेको थिएँ ।’

उनले आफू रास्वपाको कुनै प्रतिस्पर्धी नभएको पनि बताए ।

‘म कुनै प्रतिस्पर्धीको रुपमा होइन, सहयात्रीको रुपमा उपस्थित भएको छु,’ राउतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?