+
+
Shares

रास्वपालाई उपेन्द्र यादव र राजेन्द्र लिङ्देनले भने– संविधान संशोधनमा अग्रसरता लिनुस्

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधानमा आवश्यक सुधार हुनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनमा अग्रसरता लिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका छन् ।
  • चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान त्रुटिपूर्ण र विरोधाभासपूर्ण रहेकाले संशोधन गर्नुपर्ने बताए ।
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुराना राजनीतिक दल र नेतामा मात्र नभई उनीहरूले ल्याएको संविधानमा समेत समस्या रहेकाले सुधार गर्नुपर्ने औंल्याए ।

७ असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधानमा आवश्यक सुधार हुनुपर्ने बताएका छन् ।

संविधान संशोधनमा अग्रसरता लिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुवै नेताको आग्रह छ । चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

‘संविधान त्रुटिपूर्ण छ । विरोधाभाष छ । महत्वपूर्ण पक्ष पनि छ । गणतन्त्र, धर्मरिनपेक्षता, समावेशिता जस्ता महत्वपूर्ण पक्ष हुन्’ यादवले भनेका छन्, ‘संविधानमा रहेका विकृति विसंगतिलाई हटाएर जाने, संविधान संशोधन गर्नुपर्ने दायित्व पनि यहाँहरूसामु रहेको छ’ उनले भने ।

२०७२ सालमा संविधान जारी हुँदा तत्कालीन मधेश केन्द्रित दलहरूले पूर्णत अधिकार नपाएको भनेर विरोध गरेका थिए । कालो दिनको रुपमा समेत संविधान जारी भएको दिनलाइ स्मरण गरेका थिए ।

फेरि पनि संविधानमा रहेका त्रुटि सच्याएर अगाडि बढ्नुपर्नेमा जसपा नेपालका अध्यक्ष यादवले आग्रह गरेका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि संविधानमा सुधारको खाँचो औंल्याए । उनले भनेका छन्, ‘पुराना दल र तिनका नेतामा मात्रै समस्या होइन, उनीहरूले ल्याएको संविधानमा पनि छ । यसकारण सुधारेर जानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?