News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना दिँदै नेता वर्षमान पुनले "तपाईंहरू र हाम्रा कयौं विषयमा समानता छन्" भनी उल्लेख गरे ।
- पृष्ठभूमि र कार्यशैली फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणको मुद्दामा दुवै शक्ति नजिक रहेको उनले बताए ।
- सुशासनको एजेन्डामा नेकपा र रास्वपाबीच जति निकट सहकार्य अरू दलसँग नभएको उनले दाबी गरे ।
७ असार, काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र रास्वपाबीच कयौं समानता रहेको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेको बताए ।
‘तपाईंहरू र हाम्रा कयौं विषयमा समानता छन् । हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं,’ पुनले भने ।
पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डा दुवै दल नजिक रहेको उनको भनाइ थियो ।
‘पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डामा हामी तपाईंहरूलाई नजिक पाउँछौं,’ उनले भने, ‘हामीबीच सुशासनको एजेन्डामा पनि समानता छ । सुशासनको एजेन्डामा नेकपा र रास्वपाको जति निकट सहकार्य अरुको भएको छैन ।’
प्रतिक्रिया 4