+
+
Shares

रास्वपा महाधिवेशनमा अमरेशकुमार सिंह अनुपस्थित

रास्वपाकै नेता डा. अमरेशकुमार सिंह भने महाधिवेशनमा सहभागी भएका छैनन् । उनी उद्घाटन सत्रमा देखिएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन ७ असारदेखि भरतपुरमा शुरू भएको छ ।
  • उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने लगायतका शीर्ष नेता र अन्य दलका प्रतिनिधिहरू सहभागी भएका छन् ।
  • पार्टीप्रति असन्तुष्ट रहेका रास्वपाका सांसद डा. अमरेशकुमार सिंह महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छैनन् ।

७ असार, काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन आजबाट सुरु भएको छ । अहिले भरतपुरमा रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र जारी छ ।

उद्घाटन सत्रमा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायतका शीर्ष नेता, प्रतिनिधि एवं शुभेच्छुकहरू सहभागी भएका छन् ।

पार्टीको निमन्त्रणा स्वीकार गर्दै अन्य दलहरूबाट पनि प्रतिनिधि पुगेका छन् ।

यद्यपि रास्वपाकै नेता डा. अमरेशकुमार सिंह भने महाधिवेशनमा सहभागी भएका छैनन् । उनी उद्घाटन सत्रमा देखिएका छैनन् ।

रास्वपाबाटै सांसद समेत बनेका सिंह पछिल्लो समय पार्टीमा असन्तुष्टी राख्नेमध्येका नेता हुन् । उनले पछिल्लो पटक हिमालय टेलिभिजनको अन्तर्वार्ताका क्रममा सरकारको खुलेर आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?