+
+
Shares

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

ज्ञवालीले सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेको भन्दा प्रधानमन्त्री समेत रहेका रास्वपा वरिष्ठ नेता बालेनले ताली बजाए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजबाट शुरू भएको छ ।
  • नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले रास्वपाको सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेको उल्लेख गरे ।
  • ज्ञवालीले ‘नेतृत्वको हकमा सायद तपाईंहरूकोबीच द्वीविधा छैन । माननीय रवि लामिछानेज्यू सर्वसम्मत ढंगले सभापति भइसक्नुभएको छ भन्दा हुन्छ,’ भने ।

७ असार, काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन आजबाट सुरु भएको छ । चितवनमा जारी प्रथम महाधिवेशनबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नेछ ।

यसैबीच रास्वपालाई शुभकामना दिन पुगेका नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेको भन्दा हुने बताए ।

महाधिवेशनले नेतृत्व चयन गर्ने र राजनीतिक नीति र कार्यदिशा तय गर्ने उनको भनाइ थियो । नेतृत्वको हकमा सभापतिमा लामिछाने सर्वसम्मत भइसकेको उनले बताए ।

ज्ञवालीले सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेको भन्दा प्रधानमन्त्री समेत रहेका रास्वपा वरिष्ठ नेता बालेनले ताली बजाए ।

‘नेतृत्वको हकमा सायद तपाईंहरूकोबीच द्वीविधा छैन । माननीय रवि लामिछानेज्यू सर्वसम्मत ढंगले सभापति भइसक्नुभएको छ भन्दा हुन्छ,’ उनले भने ।

मञ्चमा रविसँगै रहेका उनले ताली बजाएर समर्थन गरेको भाव दिनेगरी उनले ताली बजाएका हुन् ।

साथै, उनले वरिष्ठ नेतामा बालेन शाहलाई वरिष्ठ नेताको रुपमा सर्वसम्मत भइसकेको आफूले ठानेको बताए ।

‘त्यस्तै सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह पनि वरिष्ठ नेताको रुपमा सर्वसम्मत नै भइसकेको म ठान्दछु । अरु जो जो सहमति वा निर्वाचनबाट निर्वाचित हुनुहुनेछ मेरो शुभेच्छा छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?